काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ । घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सुरु भएको बैठक ३० गतेसम्म चल्ने सो पार्टीको हेडक्वार्टरले जनाएको छ । बैठक बिहीबार दिउसो १२ बजेबाट सुरु भएको हो ।

बैठकमा पार्टी महासचिव मोहन वैद्य किरणले केन्द्रीय कार्यालयको तर्फबाट लिखित रुपमा रिपोर्ट पेश गर्नुभएको छ । ६ पेजेको संक्षिप्त रिपोर्टमा विभिन्न ८ वटा बुँदामा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, विगत कामको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गरिएको छ ।

सम्बद्ध पार्टी हेडक्वार्टरका अनुसार पार्टीले संगठन र संघर्षका सम्बन्धमा महत्वपूर्ण निर्णय लिनेछ । पार्टी महासचिवको रिपोर्टमाथि बिहीबार स्थायी समितिका सदस्यहरुले आफ्नो धारणा राखिसक्नु भएको छ । रिपोर्टमाथि पिविएम र सिसिएमहरुले आफ्नो धारणा राखिसकेपछि महासचिवले उठेका विषयवस्तुहरुमा जवाफ दिने र एजेण्डाहरुमा छलफल गरी महत्वपूर्ण निर्णयसहित बैठकको समापन हुनेछ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरुमा निरन्तर रुपमा सडक संघर्षको नेतृत्व गर्दै आएको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर