नयाँ स्वादले
पुरानो स्वादको
सप्तेस्वर जपि
गुप्तेस्वर देखाई
अंशले
वंश देखाई
अवसरको लागि
फाइदाको लागि
ठगी धन्दाका
हिमायतीहरु
सत्य वचन
तितो लाग्छ
आफ्नो अंश भए
आफ्नो वंश भए
अमृत सरि
अर्काको अंश भए
अर्काको वंश भए
दानव सरि
दलनको घाउमा
मलम किन लाउछौ
छिनारी होइन
चिनारी हो
अरे पागल
अरे पग्ली
माटोले बनेको
फलामले बनेको
बाघ होइन
भालु होइन
जाबो मुक दर्शक
अजिंगरे त हो
किन तर्सिन्छौ
निर्जिव वस्तुले
तिर हान्दैन
झिर रोप्दैन
बोल्न सक्दैन
केही गर्न सक्दैन
मुग्रो हानी
गल रोपि
अमुल्यलाई
बेमुल्य तुल्याई
कवाडी किन बनाउछौ
सत्य कुरा
सत्य पछ्ये
सुन्दर इतिहासका
सुन्दर फुललाई
कपट्टी शैलिमा
सस्तो खटारो बनाई
अरे शासकेहरु
किन टुट्टाउछौ
किन फुटाउछौ….































