काठमाडौं । क्रान्तिकारी युवा लिग,नेपाल काठमाडौँ जिल्लाको भेला सम्पन्न भएको छ । युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जनको प्रमुख आतिथ्यता सम्पन्न भेलाका अतिथिहरुमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला ईन्चार्ज /सेक्रेटरी सरु र अमर , पूर्वी महानगर सेक्रेटरी मंगल लगायत हुनुहुन्थ्यो ।
सुरेश तामाङ ‘ ए ‘ को संचालन र सुरेश तामाङ ‘बि ‘ को अध्यक्षतामा आज सम्पन्न भेलाले प्रकाश पुडासैनीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जनले भेलालाई सम्बाेधन गर्दै देशको वर्तमान अवस्थामा युवाहरुले खेल्नुपर्ने भूमिकाबारे बिस्तृतरुपमा प्रकाश पार्नुभएको थियो ।
पार्टी जिल्ला ईन्चार्ज कमरेड सरुले नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभएकाे थियाे भने युवा लिगका प्रदेश सचिव सुरेश तामाङले नवनिर्वाचित टिमलाई सपथ ग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर