
काठमाडौं । मुल्यवृद्धि र लैङ्गिक हिंसा नियन्त्रण गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला समितिले जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारी माओवादीकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सारदा महतको नेतृत्वमा गएको टोलीले आज बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर प्रमुख जिल्ला अधिकारी गाविन्द प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउने कार्यक्रमको संचालन तथा वाचन पार्टीका केस तथा जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले गर्नु भएको थियो भने ज्ञापन पत्र हस्तान्तरण इन्चार्ज सारदा महतले गर्नुभएको थियो । सो अवसरमा काठमाडौं जिल्ला अन्र्तगतका सवै इलाका इन्चार्ज, सेक्रेटरी र जवस–मोर्चाका जिल्ला संयोजकहरुको समेत उपस्थिति रहेको थियो ।
बुझाएको ज्ञापन पत्रमा पेट्रोलियम पदर्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न, दैनिक उपभोग्य वस्तुको आकाशिदो बजारभाउ र बढ्दो लैङ्गिक हिंसा नियन्त्रण गर्न जोडदार माग गर्दै माग पुरा नभए कडा संघर्षमा उत्रने चेतावनी दिइएको छ ।
सेक्रेटरी छन्त्यालका अनुसार प्रजिअ रिजालले ज्ञापन पत्रलाई सकारात्मक रुपमा लिदै ज्ञापन पत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाउनु भएको छ ।
