जेठ १६ काठमाडौं ।
आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ–२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।
पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । विमान १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर