मुल्य वृद्धिको विरोध गर्दै सुनसरीमा नेकपा(क्रान्तिकारी माओवादी) सहितका कम्युनिष्ट पार्टीहरु आन्दोलित

मुल्य वृद्धिको विरोध गर्दै सुनसरीमा नेकपा(क्रान्तिकारी माओवादी) सहितका कम्युनिष्ट पार्टीहरु आन्दोलित

 

जेष्ठ १३

पेट्रलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुमा सरकारले  अत्याधिक मुल्य बढाएको भन्दै जनताको पक्षमा निरन्तर आवाज उठाउने कम्युनिष्ट  पार्टीहरु आन्दोलित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतका राजनीतिक दलहरुले सुनसरीको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा नागरिकका दैनिक उपभोग्य वस्तुको बजार भाउ दिनप्रति आकाशिको भन्दै प्रदर्शन सहित कोणसभा गरेर विरोध जनाएका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी) सहित सडकमा आन्दोलनरत कम्युनिष्ट पार्टीहरुले  बजार भाउ नियन्त्रण गर्न माग राखेर देशैभरी संयुक्त आन्दोलन गरिरहेको बेला सुनसरी जिल्लाको नेकपा (क्रान्तिकारी माओवादी),वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , राष्ट्रिय जनमोर्चा नेपाल समन्वय समिति लगायतका राजनीतिक पार्टीहरुले  मुल्य वृद्धिको विरोध गरेका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै महङ्गी र नागरिकका समस्या प्रति सरकार सम्वेदनशिल नभएको नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा  सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले बताउनु भयो ।

 

उहाँले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिइ त्यसको न्यूनतम मूल्य कायम गर्न र ग्यास ,खाने तेल , तरकारी लगायतका  दैनिक उपभोग्य वस्तुहरुको बजार भाउ नियन्त्रण गर्न सरकार समक्ष माग राख्नु भयो ।

यसरी नै कोणसभामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य डि.वी श्रेष्ठ , राष्ट्रिय जनमोर्चा समन्वय समितिका केन्द्रिय सदस्य बालकृष्ण सुवेदीले मुल्य वृद्धिको चर्को विरोध गर्दै सम्पुर्ण क्रान्तिकारी कम्युनिष्टहरु संयुक्त संघर्षमा उत्रिने बेला आएको बताउनु भयो । उहाँहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आकासिएको बजार भाउ नियन्त्रण नगरे कडा रुपमा संघर्षमा उत्रिने चेतावानी पनि दिनु भयो ।