१२ जेठ सुरखेत
नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समितिको आयोजनामा पेट्रोलियम पदार्थ र ग्यास लगाएतमा प्रतिक्रियावादी दलाल व्यवस्थाले जनताको ढाड सेक्ने गरि गरेको मुल्य बृद्धीका विरुद्ध सुर्खेत त को मंगलगढी चोकवाट विरेन्द्र चोक, हुलाक चोक, पिपल चौतारा हुँदै विरेन्द्र चोक सम्म मोटर साईकल र ट्यापो धकलेर, डोर्याएर विरोध प्रदर्शन गरे ।


उक्त मोटरसाइकल र ट्यापो डोर्‍याउने विरोध प्रदर्शनको नेतृत्व नेकपा ( क्रान्तिकारी माओवादी) केन्द्रय सदस्य तथा कर्णालि प्रदेश सचिव दिपकबहादुर शाहीले गर्नु भएको थियो । र्यालिले बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।


कोण सभालाई सम्वोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज पुर्ण प्रशाद पौडेलले यो व्यवस्थाले जनतनलाई शोषण दमन अन्याय अत्याचार भ्रष्टाचार लुट कमिसनखोरि दलालि र मंहगि वहेक अरु नयाँ केही पनि दिन सक्दैन । दलाल पुँजीवादी व्यवस्था भएकाले यसले समृद्धि हैन, गरिबी ल्याउछ । सुखी हैन दु:खी वनाउछ । यसरी गरिएको मूल्य वृद्धिले जनताको दैनिक उपभोग्य वस्तुहरुमा, यतायातमा, स्कुलहरुमा भाडा र फिसमा चर्को र बढोत्तरि गरि जनतालाई झन गरिव वनाउने र नेपाली अर्थतन्त्रलाई कम्जोर वनाई आफ्नो अविष्ट पूरा गर्ने, राष्ट्रियता जनजिविका, र जनतन्त्र सिध्याउदै छन, भन्नू भयो ।
कार्यक्रम संचालन पार्टी प्रदेश सदस्य र युवाका कार्यवाहाक संयोजक विकल्पले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर