पेट्रोलियम पदार्थको मुल्य वृद्धि सम्बन्धमा संयुक्त ट्रेड युनियन संघर्ष समितिको तर्फबाट संयुक्त विज्ञप्ती प्रकाशित

पेट्रोलियम पदार्थको मुल्य वृद्धि सम्बन्धमा संयुक्त ट्रेड युनियन संघर्ष समितिको तर्फबाट संयुक्त विज्ञप्ती प्रकाशित

जेठ १२ काठमान्डौ ।
हालै गरिएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि सम्बन्धमा संयुक्त ट्रेड युनियन संघर्ष समितिको तर्फबाट निम्न लिखित धारणा सार्वजनिक गरिएको छ :

१)नेपाल आयल निगम द्वारा हालै गरिएको मुल्य वृद्धिले नेपाली श्रमिकहरुको दैनिक जीवन झन कष्टकर हुँदै गएको छ । सरकार द्वारा गरिएको यस प्रकारको मुल्य वृद्धि तुरुन्त फिर्ता लिइनु पर्दछ।
२)मुल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा भएको मुल्य वृद्धि बताइएता पनि नेपाल सरकारले पेट्रोलियम पदार्थमा आधा दर्जन भन्दा धेरै शीर्षकमा लगाउदै आएको कर जिम्मेवार रहेको कुरा लुकेको छैन अत: कर नीतिमा पुनरावलोकन गरिनु पर्दछ ।
३)पेट्रोलियम पदार्थका साथै दैनिक उपभोग्य वस्तुमा समेत व्यापक मुल्य वृद्धिले आक्रान्त श्रमिकहरुलाइ सहुलियतको विशेष योजना बनाउनेतर्फ तुरुन्त पहल लिन आग्रह गर्दछौं ।
४)बढ्दो मुल्य वृद्धि र बर्तमान तलव ज्याला बीचमा रहेको अन्तर समेतलाई ध्यान दिदै मजदुरहरुले खाइपाइ आएको तलब/ ज्यालामा सतप्रतिशत वृद्धि गरिनु आवश्यक रहेकोले सो अनुसार गरिनु पर्दछ ।
५)मुल्य वृद्धि विरुद्ध देशभक्त,जनवादी,बामपंथी लगायत प्रगतिशील शक्तिहरुले गरिरहेको आन्दोलन प्रती ऐक्यबद्धता, समर्थन र सहभागिता जनाउने र मजदुरहरुका तर्फबाट समेत थप आन्दोलनका कार्यक्रम दिन आवश्यक रहेकाले त्यस बारेमा तुरुन्तै निर्णय लिइनेछ ।
ह्स्ताक्षेरित संयुक्त विज्ञप्ती: