
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) काठमाडौँ जिल्ला समिति अन्तर्गतको चन्द्रागिरि- नागार्जुन नगर समितिको आयोजनामा चन्द्रागिरी नगर पालिकाको थानकोटमा आज बिरोध -याली तथा आयल निगमको प्रदेश कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ ।
जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा प्रत्येक हप्ता अस्वाभाविक ढंगले गरिएको मुल्यवृद्धिको बिरुद्ध आयोजना गरिएको उक्त कार्यक्रम स्थानीय खरिवोट चोकदेखि भ्रस्ट सरकार – राजिनामा दे,भ्रस्ट आयल निगम- मुर्दावाद , बढदो महंगी – नियन्त्रण गर , महिला हिँसा बन्द गर ,बलात्कारीलाई – कारवाही गर भन्ने नारा सहित आयल निगमको प्रदेश कार्यालय थानकोट सम्म बिरोध -याली गरिएको थियो । उक्त -यालीलाई थानकोट चोकमा नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य राम नेपालीले सम्बोधन गर्नुभएको थियो । त्यसपछि -याली पुन: सुचारु भई चन्द्रागिरी नगरपालिका वडा न ३ थानकोट स्थित नेपाल आयल निगमको ३ न प्रदेश कार्यालयमा पुगेर उक्त कार्यालय घेराउ तथा धर्नामा परिणत भएको थियो । उक्त घेराउ तथा धर्ना कार्यक्रमकाे संचालन नेकपा ( क्रान्तिकारी माओवादी) का प्रदेश सदस्य तथा चन्द्रागिरी- नागार्जुन नगर कमिटिका ईन्चार्ज सुरेश तामाङ्ग गर्नुभएको थियो । तस्तै उक्त कार्यक्रमलाई नेकपा( क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा काठमाडौँ जिल्ला ईन्चार्ज शारदा महत र पार्टीको केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ ३ न प्रदेश अध्यक्ष रुपा गेलालले सम्बोधन गर्नुभएको थियो ।
स्थानीय मजदुर किसान र बिधार्थी ,ब्यापारीहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका ३ न प्रदेश सेक्रेटरी प्रवेश , काठमाडौँ जिल्ला सेक्रेटरी अमर , बिगेसो अधक्ष पदम र प्रदेश सदस्यहरु ढोग प्रसाद अधिकारी, बोजराज श्रेष्ठ ,प्रेम तामाङ्गलगायतका नेताहरुकाे पनि सहभागिता रहेकाे थियाे ।
स्मरणीय छ जनताका समस्याहरु प्रति प्रत्यक्ष सरोकार राख्ने उक्त कार्यक्रम प्रति स्थानीय जनताको राम्रो स्वागत र समर्थन रहेको देखियो ।