अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)सहित चार किसान संगठनले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै वक्तव्य प्रकाशित

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)सहित चार किसान संगठनले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै वक्तव्य प्रकाशित

१२ जेठ काठमाडौं ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)सहित चार किसान संगठनले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै वक्तव्य प्रकाशित गरेका छन् ।
बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी चार किसान संगठनले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य बस्तुमा अचाक्ली महंगी बढेको भन्दै महंगी नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन् । साथै, उनीहरुले कृषिमा बजेट बढाउन पनि माग गरेका छन् ।
‘किसानको जीवनस्तरमा उत्साहजनक स्थिति सिर्जना गर्न, कृषि आयात प्रतिस्थापन गर्न, कृषि निर्यात बढाउन, कृषि र वनजन्य उद्योग खोलेर रोजगारी पैदा गर्न तथा श्रम पलायन रोक्ने गरी’ कृषिमा बजेट बढाउन र त्यसको सदुपयोग गर्न माग गरिएको छ ।

चौतर्फी मूल्यबृद्धि फिर्ता गर, कृषिमा अधिकतम बजेट देऊ  – चार किसान संगठनको वक्तव्य

स्थानीय चुनाव सकिँदा नसकिदै खाना पकाउने ग्यास सिलिण्डर लगायत पेट्रोलियम पदार्थको चर्को मूल्य बृद्धि र दैनिक

उपभोगका अन्य नभइ नहुने खाद्य पदार्थ लगायतका सामाग्रीहरुमा अनियन्त्रित मूल्य बृद्धि गरेर यतिबेला सरकारले आम

नेपाली जनताको खाशगरी किसानहरुकोउठ्नै नसक्ने गरी नराम्रोसँग ढाड सेकेको छ । हामी यस्तो आम उपभोक्ता र

खासगरी किसानमारा गैर जिम्मेवार सरकारी कदमको घोर बिरोध गर्दछौं र पेट्रोलियम पदार्थ लगायत सबै सामग्रीको

बढेको मूल्य फिर्ता लिन जोडदार माग गर्दछौ ।

अहिले इन्धन, खाद्यान र उपभोग्य वस्तुहरुको मूल्य अप्रत्याशीत रुपमा आकाशिएर ग्यासको प्रति सिलिण्डर रु.२००

बढाएकोर बाँकी इन्धनको पनि सबैमा प्रति लिटर रु.१० बृद्धि गरिएको छ । अनि चामल, दाल, गेडागुडी, तेल, फलफूल,

दूध, तरकारी, नुन र मैदाजस्ता दिनदिनैसबैले उपभोग गर्ने वस्तुहरुको पनि अघिल्लो बर्षको तुलनामा दोब्बर मूल्य

बृद्धि भएको छ । त्यसरी नैमल, बीउ, निर्माण सामग्री, औषधी र यातायातको भाडा लगायत स्वास्थ्य, शिक्षा र सामाजिक

क्षेत्रका सेवामूलक कार्यहरुको मूल्य पनि अनपेक्षित रुपमा बृद्धि गरिएको, वस्तु तथा सेवाहरुको आपूर्तिमा कृत्रिम अभाव

सिर्जना गरी उपभोक्तालाई थप मूल्यभारमा पार्ने र चर्को रुपमा आर्थिक शोषण गर्ने काम खुलेआम रुपमा हाकाहाकी

भइरहेको छ । यसरी भू–माफिया, दलाल, कालाबजारिया, तस्कर र विचौलियाहरुको बजार भने उच्च नाफाकासाथ

फस्टाइरहेकोछ । हामी यस्तो किसान मारा स्थितिको अन्त्य गर र किसानलाई चाहिने सबै उपभोग्य बस्तुहरु उचित

मूल्यमा उपलब्ध गराउन जोडदार माग गर्दै सबै उपभोक्ता र खाशगरी किसान बर्गलाई चर्को मूल्य बृद्धिको बिरुद्ध

खबरदारी गर्न र आन्दोलनमा उत्रिन आह्वान गर्दछौं ।

यतिबेला हामी चार किसान संगठन बिश्वमा बढ्दो खाद्य संकट समेतलाई मध्यनजर राखेर सरकारद्वारा प्रस्तुत हुन

लागेको आ.ब. २०७९/८० को बजेटमा चौतर्फी कृषि उत्पादन बृद्धि र किसान बर्गको समुन्नतिका लागि अधिकतम

बजेट तर्जुमा गर्न र त्यसको सदुपयोग गरी कृषि र किसानको जीवनमा उत्साहजनक स्थिति सिर्जना गर्न, कृषि आयात

प्रतिस्थापन गर्न, कृषि निर्यात बढाउन, कृषि र बनजन्य उद्योग खोलेर रोजगारी पैदा गर्न तथा श्रम पलायन रोक्ने गरी

कृषि क्षेत्रमा अधिकतम बजेट बिनियोजन गर्न र त्यसको सदुपयोग गर्न समेत जोडदार माग गर्दछौ ।

 

भैरवराज रेग्मी                                               सीताराम तामाङ्ग

अध्यक्ष                                                        अध्यक्ष

अखिल नेपाल किसान महासंघ(अप्फा)        अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)

 

रामदुलार महतो कृष्ण राना

अध्यक्ष इञ्चार्ज

अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ

 

२०७९ जेठ ११