उदयपुर, कटारी । उदयपुरको कटारी–१० सोरङमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागी स्थानीय वीरबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले भने उदयपुरको कटारी नगरपालिका– १० स्थित जनता कालिका मावि सोरुङ्ग मतदान केन्द्रमा उत्तेजित भिडले मतपेटिका लुट्न खोजेपछि गोली चलाएको जनाएको छ ।

मतदान सकिएपछि उत्तेजित भीडले मतपेटिका लुट्न खोजेपछि प्रहरीले गोली चलाएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले पुष्टि गरेका छन् ।
यता स्थानीयले भने प्रहरीले अनावश्यक बल प्रयोग गरी दमन गरेको र स्थिति नियन्त्रणमा लिने अवस्था हुँदा हुँदै प्रहरीले गोली चलाएको बताएका छन् । प्रहरीको गोली लागेर युवक कटुवालको घटनास्थलमै मृत्यु भयो । अहिले सोरुङ क्षेत्र तनाव ग्रस्त बनेको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर