भन्छन् मानिसहरू
चुनाउ हारजीतको खेल हो
जित्ने रमाउँछ
हार्ने टाउको समाउँछ ।

धेरै हुन्छन् चुनाउका रङ्गहरू
रङ्ग सँगसँगै चुनाउका ढङ्गहरू
बग्रेल्ती हुन्छन् यत्रतत्र सर्वत्र
गाउँ टोलहरूमा
पानी पँधेरोहरूमा
स्कूल जङ्गलहरूमा
कुलो बाटोहरूमा
मानिसका सामाजिक बन्धनहरूमा
सँगसँगै चुनाउ
राजनीतिमा पनि हुन्छ
सबैभन्दा ठूलो हुन्छ राजनीतिको चुनाउ
हरेक चुनाउको शीर्षासनमा हुन्छ कुर्ची
कुर्चीमा विराजमान छ
हिटलर
मुसोलिनी
इदी आमिन
च्याङकाइशेक
जार अथवा
जङ्ग बहादुरहरूका प्रेत शरीर ।

हार्दिक शुभकामना !

प्रेत शरीर धारण गर्न आफ्नो शरीरमा
लालायित हुन्छन्
चुनाउमा लोगो टाँसेका टाउकाहरू
र, भन्छन् उनीहरू चुनाउ
उत्तमातित लोकतन्त्र हो मनुष्यको
चुनाउले नै गर्छ मनुष्यको
मुक्ति र भविश्यको फैसला ।

परन्तु यतिखेर
रत्नगर्भाको कुना कुनामा
चुनाउ मालमा परिणत छ
लिलाम बढाबढमा खरीदिरहेछन् चुनाउ
शाहुकारहरू
ठेकेदारहरू
उद्योगीहरू
अर्थात दलाल कर्पोरेट मालिकहरू
र चुनाउका नाममा
विवस भइरहेछ निरन्तर निरन्तर
आफ्नै छातीमा छुरा धस्न
माटोमै जोवन धानेर
आफ्नै पसिनामा बाँचेको
प्रत्यक बयस्क मान्छे ।

के अब पनि मान्छेले
चुनाउका नाममा
आफैँले आफ्नो शिरोच्छेदन गर्नु
उत्तम कार्य हो र ?
३०, बैसाख २०७९, घट्टेकुलो

प्रतिक्रिया

सम्बन्धित खवर