वर्तमान समयमा
राजनीतिलाई
हेर्ने र बुझ्ने हो भने
यो
निकै
कठिन छ
चुनौतीपूर्ण छ
संबेदनशील छ र जटिल छ ।

यहाँ
विभिन्न
आन्दोलन
युद्ध
जनयुद्ध र जनअन्दोलनबाट आएका
हस्तिहरु
नायकहरु
मुक्ति आन्दोलनबाट स्थापित नेताहरु
एकाएक ढलिरहेको परिवेश छ
आफ्नै सहयोद्धाहरु र नेपाली जनतालाई छोडेर
दुश्मनको बाटोमा लामबद्ध भएको परिवेश छ ।
भित्रभित्रै
धमिरा लागेको काठ झै
धुलोपिठो भएको अवस्था छ ।
मान्छेहरु आन्दोलनको परिवेशलाई छोडेर भागिरहेको अवस्था छ ।

यस्तो समयमा
भ्रष्ट दुनियाँको विरुद्ध विद्रोह बोल्नु
क्रान्तिको झण्डा उठाउनु
साहसको कुरा हो
विवेकको कुरा हो ।

सबै मान्छेहरु अतालिएको बेला
क्रान्तिकारी आन्दोलन सृष्टि गर्दै
मुक्त दुनियाँ
उत्कृष्ट समाज निर्माणमा जुट्नु
यो महान कुरा हो ।

यहाँ
विजय र पराजयको कुरा होइन
कुनै उत्सवको कुरा होइन
यहाँ त
क्रान्तिको कुराहो
शान्तिको कुरा हो
शु –शासनको कुरा हो
मुक्तिको कुरा हो
समानताको कुरा हो र सिङ्गो माटोको कुरा हो ।

सबै सबै
माटोप्रेमिहरुले बुझ्नुपर्ने कुरा
भ्रष्ट
कठपुतली
राज्य सत्ता परिवर्तनको कुरा हो
यो महत्त्वपूर्ण कुरा हो
यो नै साँचो कुरा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर