बैशाख १३ सिन्धुपाल्चोक ।
नेकपा(क्रान्तिकारी माओवादी) सिन्धुपाल्चोक जिल्ला महिला संगठनको ३ नं ईलाका महिला समिति सम्झना शेर्पाको संयोजकत्वमा गठन गरिएको छ । १५ सदस्यीय उक्त महिला समितिमा संयोजक: सम्झना शेर्पा र सदस्यहरूमा वालि लामा, लक्ष्मि श्रेष्ठ,यसोदा दंगाल,जुनमाया घले, पुष्पा तामाङ, कृष्णा अधिकारी ,कान्छी मगर, सुन्तलि श्रेष्ठ , श्रृजना तामाङलगायत १५ जना हुनुहुन्छ ।
सिन्धुपाल्चोक जिल्ला महिला समिति संयोजक कमला श्रेष्ठको प्रमुख आतिथ्यता र नेकपा(क्रान्तिकारी माओवादी) ३ नं. प्रदेश सदस्य धन तामांग र तिलक श्रेष्ठको सहभागितामा उक्त भेला सम्पन्न गरिएको थियो ।
































