बैशाख १४ इटहरी सुनसरी ।
नेकपा(क्रान्तिकारी माओवादी)ले सुनसरी जिल्लाको इटहरी बजारमा प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कारको नारा र मसाल जुलुस निकालेको छ ।

१४ गते बुधबार साँझमा इटहरीको वि.पी चौकदेखि धरान विराटनगर हाइवेसम्म कथित स्थानीय निर्वाचन बहिष्कार गरौँ , संसदीय व्यवस्था मुर्दावाद भन्ने नारा लगाउदै मसाल जुलुस निकालिएको हो । जुलुसले प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्था –मुर्दावाद , नयाँ जनवादी क्रान्ति जिन्दावाद , राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर , नेकपा(क्रान्तिकारी माओवादी) जिन्दावाद जस्ता नाराहरुपनि लगाएको थियो ।
दलाल संसदीय व्यवस्थाको मतिहार बनेको वर्तमान सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जादा आक्रमक प्रचारमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी)ले सुनसरीमा मसाल जुलुस निकाल्ने पर्चा वितरण तथा पोष्टर टाँस्ने र बहिष्कारको अर्थ जनतालाई बुझाउने काम गरिरहेको नेकपा(क्रान्तिकारी माओवादी) सुनसरी इन्चार्ज विवेकले बताउनु भयो ।
जुलुसमा नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश सेक्रेटरी उदय , मोरङ जिल्ला इन्चार्ज विद्रोही लगायतले सहभागीता जनाउनु भएको थियो ।































