काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले देशकै राजधानी काठमाडौंमा निर्वाचन बहिस्कारका कार्यक्रमलाई तीव्रता दिइरहेको छ । दिनहुँ निर्वाचन बहिस्कारका कार्यक्रमहरु भइरहेका छन् । कोणसभा, पास्टरिङ लगायतका कार्यक्रमहरु व्यापक बनाइएको छ । काठमाडौं उपत्यकामा दैनिक रुपमा दर्जनौं स्थानमा कोणसभा तथा पोस्टरिङ लगायतका कार्यक्रमहरु भइरहेका छन् र कतिपय स्थानमा युवा, विद्यार्थी तथा क्रान्तिकारी माओवादी सम्बद्ध जबस मोर्चाका संगठनहरु समेत निर्माण गरिएको छ ।
कथित् स्थानीय तहको प्रतिक्रियावादी निर्वाचन बहिस्कार कार्यक्रम अन्तर्गत नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं महानगरको पूर्वी र पश्चिमी कमिटिको आयोजनामा मंगलबार कलंकी, ठहिटी र बांगेमुडामा कोणसभाको आयोजना गरियो । कलंकीको कोणसभालाई पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, पार्टी प्रदेश सदस्य हजारसिंह लामा र गौरी दाहालले सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी बाङ्गेमुडाको बहिस्कार सभालाई पनि पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, पार्टी प्रदेश सदस्य हजारसिंह लामा र गौरी दाहालले सम्बोधन गर्नुभएको थियो । यी दुवै ठाउँको कार्यक्रममा गौरी दाहालले कविता समेत वाचन गर्नुभएको थियो ।
त्यसैगरी आजै सम्पन्न ठहिटीको कोणसभालाई भने पार्टी केन्द्रीय सदस्य राम नेपाली, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, पार्टीका प्रदेश सदस्य गोर्की श्रेष्ठ, प्रदेश सदस्य हजारसिंह लामा र पार्टी प्रदेश सदस्य गौरी दाहालले सम्बोधन गर्नुभएको थियो । यी तीनै स्थानमा भएका कोणसभाको सञ्चालन पार्टी प्रदेश सदस्य दिनेश बर्तोलाले गर्नुभएको थियो ।
यसैगरी सोमबार काठमाडौं लगन र गौशलामा कोणसभा सम्पन्न भएको थियो । यी कोणसभाहरुलाई पनि पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, पार्टी प्रदेश सदस्य बोजराज श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
वक्ताहरुले स्थानीय तह भ्रष्टाचारको अखडामा परिणत भएको, संसदीय व्यवस्थाका तीनवटै अंग पूर्ण रुपमा असफल भएकोले निर्वाचनको कुनै औचित्य नरहेको भन्दै आम जनसमुदायलाई निर्वाचन बहिस्कारका लागि अपिल गर्नुभएको थियो । कोणसभामा सयौको संख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।
त्यसैगरी काठमाडौंका अन्य नगरपालिकाहरुमा पनि निर्वाचन बहिस्कारका कार्यक्रमहरुलाई तीव्र रुपमा अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर