क्रान्तिकारी माओवादीले भन्यो– हेटौडा उपमहानगरमा पार्टीको कुनै उम्मेदवार उठाएका छैनौं, अनर्गल प्रचारको भ्रममा नपर्न आग्रह

क्रान्तिकारी माओवादीले भन्यो– हेटौडा उपमहानगरमा पार्टीको कुनै उम्मेदवार उठाएका छैनौं, अनर्गल प्रचारको भ्रममा नपर्न आग्रह

हेटौडा । नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरले एक वक्तव्य जारी गरी हेटौडा नगरपालिकामा आफ्नो पार्टीले कुनै उम्मेदवार नउठाएको स्पष्ट पारेको छ । पार्टीका जिल्ला इन्चार्ज सागर र सेक्रेटरी पारसले संयुक्त रुपमा मंगलबार विज्ञप्ति जारी गर्दै निर्वाचन बहिस्कारसम्बन्धी पार्टी केन्द्रको घोषित नीतिप्रति जिल्ला पार्टी दृढ रहेको समेत स्पष्ट पारेको छ ।

वक्तव्यमा क्रान्तिकारी माओवादीको उम्मेदवार भनेर प्रचार गरिएकी मेयर पदकी उम्मेदवार लिलाकुमारी आचार्य (बबिता आचार्य) नेकपा (क्रान्तिकारी माओवादी)को साधारण सदस्य समेत नरहेको स्पष्ट पार्दै अनर्गल प्रचारबाजीको भ्रममा नपर्न अनुरोध गरिएको छ ।

स्थानीय निकाय भ्रष्टाचारको अखडा बन्दै गएको, पैसाको खोलो बगाएर निपष्क्ष निर्वाचन नहुने र राज्यसत्ता नोकरशाही सयन्त्रको बलमा मात्र टिकेको कारण स्थानीय तहको निर्वाचन सशक्त बहिस्कारमा सहभागी हुन वक्तव्यमा आम जनसमुदायमा हार्दिक अपिल समेत गरिएको छ ।