
बैशाख १० रूकुम पश्चिम ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार गरौ! नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौं ! भन्ने मुल नाराकासाथ चौरजहारी बजार , मुसिकोट नगरपालिका ४ सोलाबाङ, त्रिवेणी गाउँ पालिका २ सिम्रुतु, खारा,झुलनेटा बागचौर र खरिबोटमा कोणसभाहरू सम्पन्न गरेको छ ।
कार्यक्रमको संचालन चन्द्रले गर्नुभएको थियो भने मन्तव्य पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समिति सचिव प्रकाश उर्जा र पार्टी केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपालका कर्णाली प्रदेश संयोजक अर्जुनले आफ्ना भनाइहरू राख्दै नयाँ जनवादी क्रान्तिको तुफानी वेगलाई कुनै पनि शक्तिले रोक्न र छेक्न नसक्ने र यसका निमित्त क्रान्तिकारी शक्तिहरूको बीच ध्रुवीकरण व्यापक रूपमा अगाडि बढदै जाने र प्रतिक्रियावादी राज्यसत्ता र व्यवस्थाका बिरूद्धमा जनवादी सत्ता स्थापनार्थ अनवरत रूपमा पार्टीले प्रविधि र विज्ञानको प्रयोग गर्दै क्रान्तिको बृहत र व्यापक तयारीका साथ प्रतिक्रियावादी र नवसंशोधनवाद हुदै प्रतिक्रियावादमा पतन भएका कम्युनिस्ट नामधारीहरूको होसहवास उडने गरि क्रान्तिको तयारीमा पार्टी जुटने ठोकुवा गर्नुभयो ।
