क्रान्तिकारी माओवादीकाे निर्वाचन बहिस्कार सभामाथि प्रहरी हस्तक्षेप, पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीससहित १० जना गिरफ्तार

क्रान्तिकारी माओवादीकाे निर्वाचन बहिस्कार सभामाथि प्रहरी हस्तक्षेप, पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीससहित १० जना गिरफ्तार

नवलपरासी। नेकपा क्रान्तिकारी माओवादीको स्थानीय निर्वाचन बहिस्कार आन्दाेलनकाे क्रममा आयाेजित विराेध सभामाथि प्रहरीले हस्तक्षेप गरेकाे छ । निर्वाचन बहिस्कार सभालाई सम्बाेधन गर्दै गरेकाे अवस्थामा हस्तक्षेप गरी पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस सहित १० जनालाई इलाका प्रहरी कार्यालय सुनवलले पक्राउ गरेको हाे ।

सुनवल चोकमा आयाेजित कोण सभामा बोल्दा बोल्दै पार्टी पिबिएम धनेश्वर पोख्रेल, क्रान्तिकारी पत्रकार महासङ्घका महासचिव रवि पान्डेय, पार्टीका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोखरेल, जिल्ला सदस्य हरु कमल तमु, रवि पुन, गुणनिधि पोख्रेल, मोहनलाल शर्मा, सुनवल नगर सदस्य ऋषिराम बिक र नेवा मुक्ति मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर रहनु भएको छ ।
म पत्रकार हुँ, यो कार्यक्रमको समचार संकलन गर्न आएको भन्दा भन्दै प्रहरी निरीक्षक बिस्नु प्रसाद पौडेलले गाडीमा हिड्नुस भनेर लगेको गिरफ्तार क्रान्तिकारी पत्रकार महासचिव पान्डेयले जानकारी दिनुभयो ।