बैशाख ८ ललितपुर ।
ललितपुर जिल्लामा पर्ने महालक्ष्मी नगरपालिकामा नेकपा(क्रान्तिकारी माओवादी) ललितपुर जिल्लाले पूर्व घोषित स्थानीय निर्वाचन बहिष्कार प्रचार अभियानलाई तीब्र बनाएको छ । महालक्ष्मी नगरपालिका वडा नं. १ ग्वार्कोबाट सुरु गरिएको प्रचार अभियान महालक्ष्मी नगरपालिकाको कार्यालयमा पुगेर समापन गरिएको थियो ।

त्यसक्रममा पर्चा वितरण गर्ने, पोष्टर टाँस्ने, स्थानीय जनतासँग भेटघाटका कार्यक्रमहरु गरिएका थिए । प्र.डा. जगदिशचन्द्र भण्डारीको नेतृत्वमा सञ्चालित,स्थानीय निर्वाचन बहिष्कार प्रचार अभियानको टोलीमा श्याम के.सी., इन्दीरा अधिकारी, जगदिश्वर महर्जन, निरज महर्जनलगायत विद्यार्थी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आउदो बैशाख १० र ११ गते स्थानीय निर्वाचन बहिष्कार प्रचार अभियानलाई ललितपुरकै हरिसिद्धि क्षेत्रमा केन्द्रीत गर्ने जानकारी पनि अभियानमा संलग्न हाम्रा सम्वाददाता कुमार भट्टराई ले जानकारी दिनु भएको छ ।



























