नेपाली कम्युनिस्ट आन्दोलनका अथक क्रान्तिकारी योद्धा कमरेड हर्कबहादुर शाहीको तेस्रो स्मृति सभा सम्पन्न

नेपाली कम्युनिस्ट आन्दोलनका अथक क्रान्तिकारी योद्धा कमरेड हर्कबहादुर शाहीको तेस्रो स्मृति सभा सम्पन्न

चैत्र २७ दैलेख ।
नेपाली कम्युनिस्ट आन्दोलनका अथक क्रान्तिकारी योद्धा कमरेड हर्कबहादुर शाहीको तेस्रो स्मृति सभा वहाँको निवास रहेको स्थान चामुण्डाविन्द्रासौनि नगरपालिका ४ वुढेलिमा कर्णाली प्रदेश सरकारका अन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही, संघिय संसद राजबहादुर बुढा, पुर्व उपसभापति शुर्यबहादुर शाही नगर उपप्रमुख तारा खत्री, ललित सुनार, विष्णु शाही र सभाको अध्यक्ष नेकपा (क्रान्तिकारी माओवादी)का के.स. तथा प्रदेश सचिव र फाउन्डेसनका अध्यक्ष दिपक शाहीले गर्नु भएको समाचार छ ।


उक्त सभामा कमरेड हर्कबहादुर शाहीले सामाज परिवर्तन र आन्दोलनमा गर्नु भएको अथक योगदानका विषयमा चर्चा गरेका थिए । आम सर्वहारा श्रमजीवी किसान मजदुरहरुको पक्षमा निस्वार्थ, निष्ठापुर्वक जिवनको अन्तिम सम्म गर्नु भयो । वहाँले शिक्षा क्षेत्रमा गरेको योगदान, भौतिक योजनमा गरेका योगदान उललेखनीय छन् । उहाँले हलि गोठालाको मुद्दाहरुलाई लिएर संघर्ष चलाउनु भयो र उद्योग धन्दाको विकास गर्नु भयो ।