नवलपरासी – नेकपा( क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले जिल्लाको तीनवटा शैक्षिक संस्थामा संगठन विस्तार गरेको छ ।

संगठनले बर्दघाटको दाउन्ने बहुमुखी क्याम्पसमा निकिता चौधरीको अध्यक्षतामा ११ सदस्सीय समिति गरेको छ ।
समितिको उपाध्यक्षमा बास्मती चौधरी , सचिवमा अनु चौधरी, सहसचिव निशा कोषाध्यक्ष खुसमा बनियाँ र सदस्यहरुका बिमला बनियाँलगायत रहनुभएको छ । त्यस्तै दाउन्ने माविमा बिशाल पल्ली मगर अध्यक्ष रहेको समिति गठन गरेको छ । समितिको उपाध्यक्ष पुष्पा लामिछाने , सचिवमा अजय हरिजन सहसचिवमा शर्मिला थारु र कोषाध्यक्षमा लक्ष्मी सुवेदी सदस्यहरुमा उमेशलगायत ११ सदस्सीय रहेका रहेको जनाइएको छ । त्यस्तै बाल्मिकी मावि बर्दघाट–१ सृष्टी पाण्डेको अध्यक्षतामा २५ सदस्सीय ईकाई समिति गठन भएको छ । ती शैक्षिक संस्थाहरुमा संगठनका केन्द्रीय सदस्यद्वय मनोज थापा र दिलबहादुर चुदाँराले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार