२४ चैत्र सिन्धुली ।
सिन्धुली जिल्ला सिन्धुली माडी बजारको लोकतान्त्रिक चौतारीमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा ३३औ जनआन्दोलन दिवस समारोहको आयोजना सम्पन्न भएको छ ।


उक्त कार्यक्रम व्यानर र नाराअंकित जुलुस प्रदर्शनसहीत लोकतान्त्रिक चौतारीमा कोणसभा संपन्न भएको छ । कोणसभामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको सदस्य एबम् जिल्ला ईन्चार्ज जिवनले जनआन्दोलन दिवसको अवसरमा चैत २४ २०४६को संस्मरण गराउँदै संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको निर्णयअनुसार राष्ट्रिय स्वाधीनताको रक्षाको लागि र जनतन्त्र, जनजीबिका र,असमान सन्धि खारेज गर्न संघर्ष गर्ने निर्णयका साथ अगि बढेको थियो ।


सम्वोधनका क्रममा जीवनले राष्ट्रघाती एमसीसी खारेज गर्न भिषण संघर्ष अगि बढाउन आह्वान गर्नुको साथै राष्ट्रघाती एमसीसी ,सदनबाट पारित गर्ने संसदीय ब्यबस्थाको खारेज गर्न संघर्षको लागि आगामी बैसाख ३० गते हुने स्थानीय चुनावको सकृय बहिष्कार गरौं र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अगि बढौँ भन्नेमा जोड दिनु भयो ।


उक्त कार्यक्रमको संचालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाले गर्नु भएको थियो र कार्यक्रममा जिल्ला समिति सेक्रेटरी सुवर्ण लगायत पार्र्टीका कमलामाई नगरपालिका ईन्चार्ज सेक्रेटरी जिल्ला समिति सदस्यहरुको उपस्थित थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर