साम्राज्यवाद नै सबैे युद्धको स्रोत र साम्राज्यवादीहरू रहदासम्म सदैब युद्धको खतरा ः सिपि गजुरेल

साम्राज्यवाद नै सबैे युद्धको स्रोत र साम्राज्यवादीहरू रहदासम्म सदैब युद्धको खतरा ः सिपि गजुरेल

 

 

चैत्र १८ काठमाडौं ।

नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी सदस्य समिति सदस्य सि पी गजुरेलले साम्राज्यवादीहरू रहदासम्म सदैब युद्धको खतरा रहिरहने बताउनु भएको छ ।

बानेश्वर स्थित मीनभवनमा माक्सवादी एकता अभियान नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नु भयो –“राष्ट्रियता बचाउन, देश समृद्ध गर्न, जनताको समस्य समाधान गर्न नसक्ने संसद नेपाली जनतालाई सेतो हात्ती पाले झैं भएको छ ।” उहाँले अमेरिकाले आफ्नो प्रभुत्व कायम गर्ने उद्देश्यले युक्रेनलाई रसियासँग युद्ध गर्न उक्साएको बताउनु भयो । जसको प्रत्यक्ष प्रभाव नेपालमा समेत परेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै पूर्व राजदूत, परराष्ट्र विद हिरण्यलाल श्रेष्ठले युक्रेन र रसिया बीचको युद्धको प्रभाव सिधै नेपालीको चुलोमा परेको बताउनु भयो । श्रेष्ठले उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा नेपालको अवस्था पनि युक्रेनको जस्तो हुन सक्ने र त्यसैले उहाँले  अझै पनि एमसीसी विरुद्ध एकजुट भएर आवाज उठाउन सबैलाई आवहान समेत गर्नु भयो ।

मार्क्सवादी एकता अभियान, नेपालले मीनभवन, काठमान्डूमा आयोजना गरेको परराष्ठ्र क्षेत्रका विज्ञ तथा राजनीतिक नेताहरुको सहभागितामा भएको अन्तरक्रिया मा विभिन्न रोचक तथ्य र विचारहरु प्रस्तुत भएका थिए । ती मध्ये सो अभियानका तर्फबाट प्राध्यापक डा. मोहन खतिवडा, विज्ञ हिरण्यलाल श्रेष्ठ र राजनीतिज्ञ सीपी गजुरेल द्रारा प्रस्तुत केही तथ्य र विचारहरु निम्न छन् ः

१. न्याटो (ल्ब्त्इ) भनिने युरोप स्थित अमेरिकी पक्षधर गठबन्धनबाट लगभग १ ट्रिलियन बराबरको युध्द र मानवीय सहयोग सामाग्री युक्रैनमा पठाइएको

२. ६५ लाख युक्रैनीहरु आन्तरिक र ३५ लाख युक्रैनीहरु बाह्य (अन्ताराष्ठ्रीय) विस्थापनमा परेका

३. संयुक्त राष्ठ्रसंघको संन्धी विपरीत हजारौं युवाहरुलाई भाडाको सैनिकको रुपमा प्रयोग गरिएको र लगभग १०८१ गैरसैनिकहरुको मृत्यु भएको

 

४. सन् १९९१ पछि अमेरिकाको ९५ भन्दा बढी क्षेत्रीय युध्दहरुमा प्रत्यक्ष संलग्नता, इराकमा अमेरिकाले गरेको अतिक्रमणमा सुरुको २ हप्ता भित्रै ७० हजार बढी गैर सैनिक इराकीको मृत्यु ; दोश्रो विश्वयुध्दपछि मानव अधिकारको नाममा अमेरिकी सैनिकबाट सबभन्दा बढी सर्वसाधारणको हताहति

५. नेपालले एमसीसी संझौता पास गरेपछि नेपालमा अमेरिकी गतिबिधिहरु तीब्ररुपमा बढिरहेको , नेपालले छिमेकीलाई चिढ्याएर सात समुद्र पारिकालाई खुशी पार्न पट्टि लाग्न नहुने

६. साम्राज्यवाद भनेकै युध्द हो, युध्दहरुको अन्त्यका लागि मार्क्सीय समाजवादी क्रान्ति जरुरी र दुबै विश्वयुध्दहरुले समाजवादी क्रान्तिहरु जन्माएको इतिहास

७. अमेरिका विगत केही समय एक ध्रुवीय शक्तिको रुपमा रहे पनि केही समय अघिबाट अमेरिकाको शक्ति घटेर शक्ति सन्तुलन बहुध्रुवीय भएको, कतिपय अन्य देशहरु पनि शक्तिमा उदाइरहेको , युक्रैन युध्दले अमेरिकाको शक्ति जोख्ने काम गरेको (इन्डिया लगायत कतिपय देशहरुले तटस्थताको नीति लिएको) र अमेरिकाको शक्तिलाई कडा चुनौति भएको

८. युक्रैनमा एमसीसी गए पछि युक्रैनलाई युध्दमा तान्दै लगिएको

९. युक्रैन युध्द अमेरिकी उक्साहटमा भएको, युक्रैनले वार्सा संधी विपरीत न्याटोमा संलग्न भएकोले हुन गएको, यो युध्द आर्थिक रुपमा हतियार ब्यापारको लागि भएको , राजनीतिक रुपमा ल्ब्त्इ लाई विस्तार गरी अमेरिकी शक्तिलाई चुनौति दिइरहेका शक्तिराष्ठ्रहरुको शक्ति घटाउनका लागि भएको र युक्रैन भूमिमा भए पनि यो युध्द साम्राज्यवादी शक्तिहरु बीच भइरहेको (रुस पनि दोषी भएपनि अमेरिकी भूमिका प्रमुख कारक तत्व भएको), यो युध्द निन्दनीय भएको , यसले नेपालमा पनि दुष्प्रभाव ल्याइरहेको र रोक्न आवश्यक भएको र यसको लागि देशीय÷क्षेत्रीय÷अन्ताराष्ठ्रीय ऐक्यबध्दता जरुरी भएको

१०. चीन, इन्डीया लगायतका देशहरुले यो साम्राज्यवादी युध्द प्रति तटस्थ रहन हुने, नेपालले भने यु्क्रैनलाई समर्थन गरेर अमेरिकालाई रिझाउन तर्फ किन लाग्न परेको!, यो नेपालको स्थापित असंलग्न परराष्ठ्र नीति विपरीत भएकोले बिरोध हुनु पर्ने र एमसीसी जस्तो घातक संधी पारित गर्ने यी लूटतंत्रका संरक्षक दल र सरकारको बिरुध्द आन्दोलनको आंधी ल्याउन जरुरी भएको