माघ ६ गते चितवन ।
संयुक्त संघर्षसमिति चितवन(२२दलीय मोर्चा)व्दारा माघ ७ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिने मागका साथ दिनको ठिक १ बजे मालपोत चोकबाट जुलुस र नाराबाजी सहीत विरोध प्रर्दशन गदै चौविस कोठी चोकमा कोणसभा गर्ने जानकारी प्राप्त भएको छ ।
जुलुसपछि आयोजित कोणसभालाई २२दलीय मोचाका विभिन्न नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । उक्त जुलुस र विरोध प्रर्दशनमा सक्रिय सहभागिताका लागि नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘विकास’व्दारा चितवन बासीहरुमा अनुरोध गरिएको छ ।





























