सक्रिय संक्रमितकाे संख्या ४७ हजार ९२९ जना पुग्याे, पछिल्लो २४ घण्टामा थपिए ११ हजार ३५२ जना संक्रमित

सक्रिय संक्रमितकाे संख्या ४७ हजार ९२९ जना पुग्याे, पछिल्लो २४ घण्टामा थपिए ११ हजार ३५२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना काेराेनम संक्रमित थपिएका छन् । याे एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।
पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
याेसँगै देशभरमा संक्रमितकाे संख्या ४७ हजार ९२९ जना पुगेकाे छ ।
कुन जिल्लामा कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै कास्कीमा ३५५,मकवानपुरमा २६४, सुनसरीमा २३५, रुपन्देहीमा २२७, चितवनमा २०२, काभ्रेपलाञ्चोकमा १९२, मोरङमा १७५ र कैलालीमा १३५ जवनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बाँकेमा १०८, बारामा १०६, धनुषामा ६८, नुवाकोटमा ६३, नवलपरासी पुर्वमा ४९, स्याङजामा ४५, धादिङमा ४२, सिरहामा ४१, तनहुँमा ४०, , महोत्तरीमा ३५, गोरखामा ३४ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।