घर तथा खेतवारीको साँध सिमाना जोडिएका छिमेकीहरु बिच कहिलेकाही तितोपिरो हुनु अनौठो कुरा होइन । अवस्य त्यसप्रकारका तितोपिरोहरु अस्थाई कुरा हुन् । सामाजिक प्राणि भएको कारण अन्ततः मान्छेलाई समाज, छरछिमेक इस्टमित्र अनिवार्य आवस्यक पर्दछ । त्यसैले नै नेपालीमा एउटा भनाई छ अन्ततः छिमेक भनेको ‘जिउदाको जन्ती मर्दाको मलामी’ हो । तर त्यो कुरा सँधै सत्य हुँदैन । सायद त्यसैले नै होला प्राय छिमेकी शब्दको अगाडी असल शब्द राख्ने गरिन्छ अर्थात् ‘असल छिमेकी’ । असल छिमेकी हुनको निम्ति छिमेकीहरु सबैको असल नियत हुनुपर्दछ । चार स अर्थात सहयोग, सदभाव,समानता र स्वतन्त्रता प्रतिको अगाध आश्था र त्यसप्रतिको ईमान्दारिता नै असल छिमेकीको गुण हो । यी चार स प्रतिको गलत बुझाई र लापरवाही ले छिमेकीहरुको आत्मीय सम्बन्धमा दरार उत्पन्न गर्दछ । बलिया र सम्पन्न तथा कमजोर र विपन्न छिमेकीहरु बिचको असमझदारीको कारण छिमेकमा समस्या उत्पन्न हुने गर्दछ । यहि कारणले छिमेकीहरु बिचको अन्तर सम्बन्ध अन्तरविरोधमा परिणत हुन्छ र कहिलेकाही एकापसमा दुखद घटनाहरु घट्ने गर्दछन ।
भारत र नेपाल छिमेकी मुलुक हुन् । नेपालको २६ जिल्लाको भूगोल भारतसंग सिमाना जोडिएको अवस्थामा छ । नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा सीमा जोडिएको छ । आवस्यकता र स्वार्थका कारण कहिलेकाही नेपाल भारत बिचको सम्बन्धलाई दुवै देशका शासकहरुले रोटि–वेटीको सम्बन्ध भएको तथा असल छिमेकीको रुपमा चर्चा गरियपनि वास्तविकता त्यस्तो देखिदैन । भारतीय न्याप्रेमी जनता र नेपाली जनता विचको सम्बन्ध एकापसमा भाईचारा प्रकारको भएतापनि भारतीय शासक वर्ग र नेपाली जनता विचको सम्बन्ध सधै शत्रुतापूर्ण रहेको देखिन्छ । भारतीय विस्तारवादी शासक र उसको दलाल नेपाली शासकहरु बिचको सम्बन्ध मित्रतापूर्ण होईन सधै दासत्वपूर्ण रहेकोछ । सुगौली सन्धि देखि हाल सम्म भारतीय शासकहरुले नेपाललाई सधै हेप्ने,चेप्ने र पेल्ने गरेको बुझिन्छ । अर्कोतिर नेपालका दलाल शासकहरु नेपाल र नेपाली जनताका हकहितको पक्षमा संघर्ष गर्ने होईन उल्टो भारतीय शासक वर्गकै पक्षमा लम्पसार परेर उसको दलाली र चाकडी गर्ने गरेको देखिन्छ ।
नेपालका शासकहरु भारतीय शासकहरुका असली दलाल हुन भन्नेकुराको राम्रो उदाहरण हो यो । नेपाली शासकहरुका यसप्रकारका दलालीका घटनाहरु अनगिन्ति छन । केहि वर्ष अघि भारतीय सिमा सुरक्षा वल एसएसवी को ज्यादतीका विरुद्ध सिमानाका जनताले संघर्ष गर्दा एसएसवीको गोलीले नेपाली युवा गोबिन्द गौतमको शहादत भयो । तर नेपाल सरकार मुखमा पट्टि वाधेर बस्यो ,कानमा तेल हालेर बस्यो । उसले केहि बोलेन ,केहि सुनेन,केहि देखेन । अस्ति भरखर मात्र विदेश जानको निम्ति घरदेखि हिडेका नेपाली युवा जयसिं धामी नदि पार गर्ने क्रममा महाकाली नदीको ट्वीन काटेर एसएसवीले उनको हत्या ग–यो । दलाल देउवा सरकार केहि वोलेन । बोल्न चाहने नेपाली जनता विरुद्द देउवाका गृह मंत्री बालकृष्ण खांडले उल्टो धम्कीको भाषा वोले ।
गोबिन्द गौतम र जयसिं धामीका घटना त चर्चामा आएका प्रतिनिधि घटना मात्र हुन । चर्चा नपाएर ओझेलमा परेका तथा गुपचुप पारियका त्यही प्रकृतिका घटनाहरु सिमानामा दैनिक हुन्छन । सिमानामा दैनिक सयौ नेपालीहरु माथि अन्यायपूर्ण ज्यादतीहरु हुने गर्दछन । दैनिक कैयौ नेपाली चेलीहरु बलात्कृत हुन्छन, अपमानित हुन्छन । दैनिक नेपाली वस्तीहरु उठाईन्छ्न । कैयौ बर्ष देखि दुख्ख कष्ट गरेर जम्मा गरेका लाखौका सम्पति छोडेर नेपालीहरु सिमाना वाट नाङ्गो खुट्टा लखेतिन्छ्न । तर जनताले आफ्नो देशमा सरकार भएको अनुभूति गर्न सक्दैनन् । नेपालको दलाल सरकार मुकदर्शक बनिरहेको हुन्छ ।
सायद संसारमा नेपाल मात्र त्यस्तो देश हो जहाको सरकार आफ्नो नागरिक कुनै अर्को देशका सरकारी कर्मचारी या अन्य वाट अन्यायपूर्ण ढंगले मारिदा पनि चुईक्क नवोल्ने ,उल्टो दलाली गरि रहने । संसारका सवै देशका सरकारले चाहे स्वदेशमा होश या बिदेशमा आफ्ना नागरिकको जिउ धनको रक्षाको निम्ति प्रयाप्त ध्यान दीइरहेका हुन्छन । कुनै कारणवश आफ्ना नागरिकको हत्या भयो भने त्यसको बिरुद्धमा लड्छन र मृतकलाई न्याय दिलाउछ्न । धेरै टाढा गैरहनु पर्दैन त्यही भारत लाई हेरे पुग्छ उसले आफ्नो देशको नागरिकको अन्यायपूर्ण हत्याको बिरुद्ध के ग–यो के गरेन ? सन् २०१२ को फेबवरीमा ईटलीको एउटा पानि जहाज केरलाको बाटो हुदै सिंगापुर वाट मिन्डानाव जादै थियो । केरलामा शंकास्पद गतिविधि गरेजस्तो देखिने २ जना मान्छे डुंगामा भेटिय । पानि जहाजको सुरक्षा गार्डले सामुद्रिक डाँका ठानेर गोली चलाउदा उनीहरुको घटना स्थलमै मृत्यु भयो । मारिने ति दुई भारतीयहरु माछा मार्ने माझी रहेछन । माछा मार्न कै निम्ति उनीहरु त्याहा पुगेका रहेछन । गोली चलाउने ति सुरक्षाकर्मिलाई भारतले त्यतिकै छाडेन । उसले उचित कारवाही र प्रयाप्त क्षतिपुर्तिको दावी गर्दै इटली सरकार र उक्त सुरक्षाकर्मिका विरुद्ध अन्तरास्ट्रिय अदालतमा मुद्दा दायर ग–यो । अन्तत ९ बर्ष पछि ईटली सरकार हैरान भयो र क्षतिपुर्ति स्वरुप दश करोड भारतीय रुपैया भारतलाई बुझायो । अनि मात्र भारतले उक्त उक्त मुद्दा फिर्ता लियो ।
तर यता दिन दहाडै सिमानामा आफ्ना नागरिक कुटिदा , लुटिदा ,लखेटीदा र मारिदा मात्र होईन आफ्नो भुमि अतिक्रमित हुदा पनि नेपाल सरकार कहिल्यै बोल्दैन । नेपाली शासकहरुले सायद थोरै मात्र भयपनी देश र जनताको पक्षमा आवाज उठाउन सकेमा भारतीय ज्यादतीबाट नेपाल र नेपालीले निक्कै राहतको महशुस गर्ने थिए । तर नेपालका दलाल शासकहरु आफ्ना मालिकहरुप्रति नतमस्तक छन । आफ्ना प्रभुको टाङ् मुनि लम्पसार पर्छन । यहि कारणले नै भारतीय शासक वर्गले नेपाल र नेपाली माथि बिगत लामो समय देखि राजनैतिक,आर्थिक तथा सामाजिक शोषण गर्दै आयकोछ । नेपालले राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा मात्रै होईन भौगोलिक क्षेत्रमा पनि सधै भारतीय हस्तक्षेप व्यहोर्दै आएकोछ । भारतसंग सिमाना जोडिएका नेपालका २६ जिल्लामध्ये २१ जिल्लामा सीमा विबाद छ । भारतले २१ जिल्लाका ७१ भन्दा बढि स्थानमा नेपाली सीमा अतिक्रमण गरेको छ । विभिन्न तथ्यहरुका अनुसार लगभग ६० हजार हेक्टरभन्दा बढी नेपाली भू–भाग भारतले मिचेको देखिदै आएको छ । यी मध्ये कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको मात्रै ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित हुन पुगेको छ ।
यसै बिच भारतले तिब्बतको मानसरोवर र कैलाश पर्वतको तीर्थयात्रामा भारतीय सहजताको निम्ति सन् २००८ देखि नेपाली जनताको ब्यापक बिरोधको वावजुद भारतको उत्तराखण्ड पिथौरगढ देखि नेपालको लिपुलेक जोड्ने सडक निर्माणको कार्य शुरु ग–यो । र उक्त सडक निर्माण कार्य सम्पन्न गरेर सन् २०२० मा उदघाटन ग–यो । यहि प्रसंग कोट्याउदै गत पौष १५ गते भारतीय प्रधानमंत्री नरेन्द्र मोदीले उत्तराखण्डको हल्दानीमा भएको एक कार्यक्रममा लिपुलेकमा आफुले बाटो बनायको र त्यसलाई अव थप बिस्तार गर्ने भन्दै नाङ्गो ढंगले आफ्नो दादागिरी प्रदर्शन गरे । आफ्ना दलालहरुको ढाडमा टेकेर सानो र कमजोर छिमेकीको टाउकामा प्रहार गर्न पाउदा उनले गर्वको सास फेरे । के को न्यानोमा रमाउदा ठण्डीलाई बिर्शे झैँ त्यति वेला सायद उनले बिर्शे होलान सानो र कमजोर भनिने भियतनाम वाट शक्तिशाली भनिने अमेरिका घाईते बनेर भागेको ईतिहास । सायद उनले बिर्शे होलान कमजोर भनिने तत्कालिन भारत वाट बलियो भनिने ब्रिटिश साम्राज्यवाद नाङ्गै भागेको ईतिहास । सायद बिर्शे होलान कमजोर, साना भनिने ईराक र अफगानस्तान वाट ठुलो र शक्तिशाली भनिने देशहरु पुच्छर लुकायर भागेको ईतिहास । समय बित्न नपाउदै नेपाली जनताले मोदीको उक्त हर्कतको चर्को बिरोध गरे । देशभक्त ,क्रान्तिकारी युवाहरुले मोदीको दादागिरीको बिरोध प्रदर्शन गर्दै माईतिघर मण्डलामा उनको सांकेतिक टाउकाको फुटवल खेले । तर सरोकारवाला नेपालको देउवा सरकार यसवारे चुईक्क वोलेन । जनताले शोचेका थिय औपचारिकताकै निम्ति भएपनि केहि बोल्ला कि ? तर मालिकलाई बिझाउन किन बोल्थ्यो उ ? बोलेन । उ नबोल्नु कुनै अनौठो र अस्वभाविक पनि त होईन । उसलाई मौकामा दलाली गर्नुनै थियो , मौकामा चाकडी गर्नुनै थियो ।
कुनैदिन ब्रिटिश साम्राज्यवादलाई कहिल्यै नअस्ताउने घाम भनिथ्यो । संसारका आधा जस्तो देशमा उसैको साम्राज्य चल्दथ्यो । तर हेर्दाहेर्दै घाम अस्ताएर निस्छ्याम्मै भयो । आज ब्रिटिश साम्राज्यवाद दांत फुक्लेको र नंग्रा भाँचिएको बुढो शिंह जस्तो आफ्नै थोत्रो पिंजडामा मुस्किलले बाँचिरहेको छ । हिजो सम्म सवैलाई लाग्दथ्यो अमेरिकी हैकम निर्विकल्प हो । तर आज अमेरिका स्वयंले महशुस गर्दै छ अव उसको पाखुरीमा दम कम हुदैछ । आज धेरैलाई लागिरहेको हुनसक्छ दक्षिण एशियामा भारतीय चुरीफुरी र मोदीको दादागिरी सधैको लागि हो । तर त्यो क्षणीक भ्रम र दब्बु मानसिकता हो । श्रीलंका ,पाकिस्तानले उसलाई ठाउकाठाउ चुनौती दीइरकाछ्न । र नेपालमा पनि भारतीय दलालहरु मात्र छैनन् याहा भारतीय विस्तारवादका नाईकेहरुको वास्तविक टाउकाको फुटवल खेल्ने देशभक्तहरु पनि छन्, जो मातृभूमिको रक्षाको निम्ति एकथोपा रगत रहेसम्म विस्तारवादी र साम्राज्यवादीहरुसंग लडिरहन तयार छन् ।