काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको प्रदेश ३ ले प्रदेश स्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको प्रदेश कार्यालय कुपण्डोलमा शनिबार आयोजित वैचारिक राजनीतिक प्रक्षिण सम्पन्न गरेको हो ।
‘वैचारिक राजनीतिक एवम् मजदुर सचेतनामूलक प्रशिक्षण कार्यक्रम’ नाम दिइएको प्रशिक्षण कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा‘सागर’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रि कम्युनिस्ट आन्दोलनमा मजदुरहरुले खेलेको भूमिका र नेपालको क्रान्तिमा खेल्नुपर्ने भूमिकाको विषयमा, पार्टीका पीवीएम सुरेश श्रेष्ठले समसामयिक राजनीतिक परिस्थिति र मजदुर आन्दोलनको आर्यभारको विषयमा र महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले विश्व पुँजीवाद तथा साम्राज्यवादको चरित्र र मजदुर आन्दोलनको दिशाका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा मजदुर नेता बद्री चापागाईले समेत मजदुर आन्दोलनको विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको अध्यक्षता अर्जुनलाल श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन दिनेश बर्तौलाले गर्नुभएको थियो । महासंघले उपत्यकाका तीन जिल्लालाई लक्षित गरेर मजदुर सचेतना अभियान समेत सञ्चालनको थालनी गरेको बताइएको छ । त्यसैको तयारी अन्तर्गत शनिबार वैचारिक राजनीतिक प्रशिक्षण सम्पन्न गरिएको महासंघका प्रदेश ३ का संयोजक अर्जुनलाल श्रेष्ठले जानकारी दिनुभयो ।