रवि ‘बिकल्प’

ज्यामीका निम्ति लेखे पो कवि
दुख दर्द अभाव देखे पो कवि
ब्यथा लुकाएर लेख्नेहरुले
यथार्थ धरातल टेके पो कवि ।।

हार्दिक शुभकामना !

तिम्रा कर्तुतका चिरफार हुनेछ
फैसला गर्ने जन– सर्कार हुनेछ
तिमीलाई बचाउने हुने छैनन् कोही
जनताबाट तिम्रो तिरस्कार हुनेछ ।।

बिहानी लालीको रातो प्यारो छ
देशको एकमुठ्ठी माटो प्यारो छ
देश बचाउन बलिदानी दिएका
शहिदका रक्त टाटो प्यारो छ ।।

देशका निम्ति मर्नुपर्दा पछि हट्न हुदैनथ्यो
बलिदानी गर्नुपर्दा पछि हट्न हुदैनथ्यो
सर्बहारा श्रमजिबी जनतालाई यहाँ
जनचेतना छर्नुपर्दा पछि हट्न हुदैनथ्यो ।।

हिजो र आज पारा एउटै
रात र दिन सारा एउटै
युगले कोल्टे फेरेपनि
सधै बग्ने अश्रुधारा एउटै।।

अब धेरै दिन टिक्दैन सर्वसत्ता
जनताका पिडा झिक्दैन सर्वसत्ता
सामन्तका नाइके ढलिसकेपछि
कहाँ बिक्छ ? बिक्दैन सर्वसत्ता ।।१६ ।।

ज्वाला बाल्दै आयो चिसो मकलमा जनयुद्ध
आधीबेरी ल्यायो सारा सकलमा जनयुद्ध
पुरातनको समाप्ति नुतनको उदय
रक्तिम हुदै छायो जनपहलमा जनयुद्ध।।

संर्घष गरे मात्र मुक्ति पाइन्छ
डटेर अहोरात्र मुक्ति पाइन्छ
उपलब्धिको रक्षा गरि यहाँ
जुट्नुपर्छ हरपात्र मुक्ति पाइन्छ ।।

अन्याय अत्याचार शोषण गर्नेलाई हान्छ कलमले
न्यायप्रेमी राष्ट्रवादी जनता सारा तान्छ कमलले
सर्वहारा मजदुर किसानका लेखिए इतिहास
साम्राज्यवाद विस्तारवादको सातो खान्छ कलमले।।

दख्खिनबाटै सत्ता हाकिरहेका छन् यहाँ
गगनबाट गिद्ध डाकिरहेका छन् यहाँ
कतिबेला त्यसले फणा फिजाउछ
जनतालाई खाडलमा जाकिरहेका छन् यहाँ ।।

बर्दघाट–४ पश्चिम नवलपरासी

 

 

प्रतिक्रिया

सम्बन्धित खवर