अनु निरौला
काठमाण्डौ : क्रान्तिकारी पत्रकार महासंघले देशैभर संगठन विस्तार थालेको छ । संगठन सुदृढ एंव विस्तार अभियानसंगै लुम्बिनीका ३ जिल्लामा संगठन विस्तार भएको हो । महासघका महासचिव तथा लुम्बिनी प्रदेश समिति संयोजक रवि पाण्डेयका अनुसार प्रदेशमा
बाँके, दाङ र कपिलबस्तुमा संगठन विस्तार एंव प्रशिक्षण सम्पन्न भएसंगै प्रदेशका ६ जिल्लामा महासंघको संजाल विस्तार भएको छ । यस अघि पश्चिम नवलपरासी, रुपन्देही र बर्दियामा महासंघ क्रियाशिल थियो ।
पहिलो चरणमा ६ जिल्लामा संगठन गरिएको छ – उहाँले भन्नुभयो – अब प्रदेशका गुल्मी पाल्पा अर्घाखाँची र प्युठानमा भेला तयारी छ ।
त्यस्तै महासंघ केन्द्रीय सदस्य प्रेम कण्डेलका अनुसार चितवनमा यसै साता भेला गर्ने तयारी गरिएको छ । जिल्लामा भेला तयारी गर्दछौ – कण्डेलले मुलबाटो संग भन्नुभयो ।
उता केन्द्रीय कोषाध्यक्ष एंव सुदुर पश्चिम संयोजक धनञ्जय अवस्थीका अनुसार कञ्चनपुर जिल्ला भेला गर्ने तयारी भएको बताइएको छ ।






























