काँग्रेसी नेताहरुको दिल्ली दौडाहा

काँग्रेसी नेताहरुको दिल्ली दौडाहा

काठमाडौं । राजनीतिक उतारचढावसँगै नेपाली राजनीतिक दलका नेताहरुको भारत दौडाहा सुरु हुन्छ । नेपालको घरेलु राजनीतिमा मात्रै होइन यहाँका दलहरुको आन्तरिक राजनीतिमा समेत भारतले आफ्नो भूमिका देखाउने गरेको छ ।

आफू निकट नेतालाई दलको नेता बनाउने, चुनावमा जिताउने तथा मन्त्री प्रधानमन्त्री बनाएर नेपालमा आफ्नो स्वार्थको व्यवस्थापन गर्दै आएको भारतले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिमा समेत हात हालेको छ । कांग्रेसको अधिवेशन नजिकिदै जाँदा कांग्रेसका नेताहरु पालै पालो दिल्ली दौडाहामा लागेका छन् ।

शनिबार (आज) नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला दिल्ली उड्दैछन् । कोइरालासँगै काँग्रेस संखुवासभा सभापति दीपक खड्का पनि जाने बताइएको छ । महाधिवेशनको मुखमा यसअघि उपसभापति विमलेन्द्र निधि काठमाडौंबाट नउडेर भारतको सिलिगुडीस्थित बागडोग्रा विमानस्थल भएर नयाँ दिल्ली गएका थिए भने सह महामन्त्री प्रकाशशरण महतको टोली केहीदिनअघि मात्र दिल्ली पुगेर फर्किएको छ ।