नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगभग साढे तिन करोड मानिसहरु भएको विश्व–मानचित्रभित्रको एउटा सानो तर महान राष्ट्र नेपालमा, महान क्रान्तिकारी संघर्षको नेतृत्व गर्ने पार्टी हो । यस क्रान्तिकारी पार्टीका नेतृत्वदायी काडरहरुमा योग्यता र राजनैतिक इमान्दारिताले सुसजित हुनु नितान्त जरुरी छ । र यस प्रकारको गुणयुक्त नेतृत्वदायी काडरहरुको व्यापक संख्या बिना यसले आफ्नो ऐतिहासिक अभिभारा (नयाँ जनवादी क्रान्ति) पूरा गर्न सक्दैन । खासमा भन्नुपर्दा महान जनयुद्ध सुरुदेखि यता पच्चिस छबिस वर्षको समयावधिभित्र कम्युनिष्ट पार्टी तथा देशभित्र बितेका राजनैतिक उथल–पुथलले थुप्रै सुयोग्य नेता तथा कार्यकर्ताहरुलाई सैद्धान्तिक एवम् व्यवहारिक राजनीतिक तालिम दिएको छ । जसले गर्दा पार्टीमा राजनैतिक र सांस्कृतिक क्षेत्रमा अज्झ भनँु सैनिक ज्ञान तथा पार्टीको कार्य र जन–कार्यको क्षेत्रमा काम गर्न सक्ने सुयोग्य काडरहरुको एउटा खाका तयार भएको छ । तर, हाम्रो महान संघर्षको बिशाल लक्ष र उद्देश्य धान्नको निम्ति यो खाका अझै आवश्यक मात्रामा दरिलो भइसकेका छैनन्, सक्षम काडरहरुलाई अझ अरु व्यापक स्तरमा तालिम दिनु जरुरी छ ।
आफुलाई नढाँटी भित्रैदेखि भन्दै आएको कुरा, हाम्रो आत्मागत शक्ति कमजोर छ, हो पक्कै पनि कमजोर छ तर यसरी कमजोर हुनुको पछाडी केही कारण त अवश्य हुनैपर्छ र छ । त्यो कारण भनेको के हो त ? त्यो कारण भनेको पार्टीभित्र लुकी छुपी घुसेका ती प्रतिक्रियावादी, दक्षिणपन्थि अवसरवादी तथा बुजुर्वा क्रान्तिकारीहरुको क्रान्ति विरोधी सोच र तिनका अवाञ्छनीय गतिविधि हुन् । जस्तो कि कुनैपनि जिवानुको सरिरभित्र रोग पालेर त्यो तन्दुरुस्ती हुँदैन र हुन सक्दैन । तन्दुरुस्ती हुन सर्वप्रथम सरिरभित्र रहेको रोगको पहिचान गरी, आवश्यक उपचारको विधि अपनाउनु जरुरी हुन्छ र त्यसपछि बल्ल तन्दुरुस्ती हुँदै आउँछ । त्यसरी नै पार्टीका प्रत्येक जिम्मेवार कामरेडहरु यस मानेमा गम्भिर हुनैपर्छ र जिम्मेवारी पूर्णढङ्गले सोचविचार पुर्याई त्यस्ता कुतत्वहरु पार्टीभित्र कतै लुकिछिपी बसेका त छैनन् भनी सुक्ष्मतरिका अपनाई खोजतलास गरी निर्मूल गरी पठाउनु अत्यावसेक छ ।
नेपालमा विकसित राजनैतिक माहोलका आफुलाई मूल नाइके भन्न रुचाउने नेपाली काँग्रेसको पृष्ठभूमिलाई लिएर भन्ने हो भने खुल्लैयाम दलालि प्रवृत्तिमा हुर्की बढी आएको मौजुदा स्थितिले देखाउँदै आएको छ भन्दा फरक नपर्ला । अर्थात वर्तमान स्थितिमा नेपालको राज्यसत्तामा वहालि रही आएका नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको मक्सद, स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न भू–अखण्ड राष्ट नेपालको स्वाभिमान्ता र सोहार्दता कायम रही आएको गौरवमय इतिहासलाई नष्ट ध्वष्टपारी, अमेरिकी साम्राज्यवादको चाहना अनुरुप अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) परियोजना हरहालतमा पास गरी नेपाल र नेपाली मात्रको स्वाभिमान्तालाई, अमेरिकी साम्राज्यवादको दासदासी बनाउने घृष्टता अपनाई आफ्नो दलाली प्रवृत्तिलाई प्रश्त्याउँदै एमसीसी परियोजना संसदबाट अनुमोदन गर्न गराउन मरिहत्यगर्दै लागिपर्दै आइरहेका छन् । हुनत: यो एमसीसी परियोजनाको सम्झौता पत्रमा चार वर्ष अघि यी नै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सगौरव आँखा चिम्लेर हस्ताक्षेर गरिभ्याई सकेका छन् । भने अहिले आएर उही एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न गराउन, भन्नुनै पर्दा सिंगो पार्टी मौनधारण गरी सभापति शेरबहादुर देउवाको सोच र क्रियाकलाप प्रति एकजुटभई लागिपर्न थालेको छनक अनुभूति हुन आएको छ ।
त्यसो त नेपालका देशभक्त स्वाभिमानी आम नेपाली जनसमुदायसामू यीनिहरुको दलाली हरकत कुने हालतमा पनि सफल हुनेवाला छैन । खासमा भन्नुनै पर्दा यस्ता दलाली प्रवृत्तिका मूल नाइके र त्यसका पिछलग्गुहरु जो कोही किन नहुन् तिनिहरु सबका सबलाई छानीछानी आवश्यक्ता अनुरुप नृशंस तरिका अपनाई देशबाट घोक्रोठयाक लगाई निस्कासित गरी पठाउन, नेपालको गौरवमय इतिहासकारको सन्ततिहरु पछि पर्ने छैनन् ।
देशको वर्तमान स्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुको सँगै जनतन्त्रको लागि क्रान्तिकारी आन्दोलन (युद्ध) को संगठन गर्नु र आम–जनताको जीवनमा सुधार ल्याउनु हाम्रा यी तिन प्रमुख अभिभारा हुन् । हामी क्रान्तिकारी आन्दोलनका नेता तथा संगठनकर्ता र साथै आम जनताको नेता र संगठनकर्ता पनि हौँ । यस मानेमा हामीभित्र जान–अनजानवस रही आएको नोकरशाही प्रवृत्ति तथा हुकुमवादी सोच (तरिका) लाई हाम्रो वरिपरि कहिं कतै कुना–काप्चामा लुकिछिपि बस्न सक्ने स्थितिसम्मलाई कडाइका साथ निषेध गरी गलहत्याई पठाउनु पर्छ । र आम जनतासँग नङ र मासु झैँ घनिष्टता कायम गरी न्यानो मायाका साथ घुलमेल भई व्यावहारिक तथा ठोस कार्यतरिका अपनाई दुनिया सामू जल्दो बल्दो उद्धाहरण भई उभिनु पर्दछ ।
यस्तो जतिलतम् स्थितिबाट देशको राष्ट्रिय स्वाधिनता, भू–अखण्डता तथा सार्वभौमिक्ताको रक्षा, जनगणतन्त्र र जनजिविकाको सवाललाई लिएर नयाँ जनवादी क्रान्तिलाई सशक्त र जुझारु ढङ्गले अगाडि बढाउन समपूर्ण आवश्यक विषयवस्तु तयारिका साथ आमजनतालाई परिचालन गर्न पहलकदमिको निम्ति कतिपनि ढिला नगरी सक्रियता अपनाउनुको सँगै, क्रान्तिकारीहरुले अत्यन्तै महत्वका साथ बुझ्नुपर्ने कुरो, जनताको सहभागिता बिना अरु जस्तो जेसुकै र जतिसुकै तयारिका साथ क्रान्तिलाई हाँक्न पुगेतापनि त्यो क्रान्तिको नाउँमा अरुलाई मात्र हैन आफुले आफैलाई समेत ढाँट्नु र छल्नु सिवाय अरु केही होइन र हुनसक्दैन । कारण के भने क्रान्तिकारी आन्दोलन वा युद्ध आमजनताको आन्दोलन (युद्ध) हो, आम जनता भन्नाले देशको कूल जनसंख्या मध्येका पन्चानब्बे प्रतिशत शोषित पिडित आमजनता हुन् । आम–जनतालाई संचालित गरेर र उनीहरु माथि भरोसा राखेर मात्र यसलाई चलाउन सकिन्छ ।
हामी बिलकुल भ्रममा पर्नु हुँदैन, फलामको सच्चा किल्ला के हो त भने त्यो शोषित पिडित आम जनता हुन्, क्रान्तिलाई साँचिकै र दिलैदेखि समर्थन गर्ने लाखौं करोडौं जनता हुन । त्यो यस्तो सच्चा फलामे किल्ला हो, जसलाई विश्वका मैहुँ भन्ने बडेबडेमानका तानाशाहाहरुले मात्र हैन, त्यस्ता कुनै पनि शक्तिले कुनै हालतमा पनि ध्वष्त पार्न सक्दैन । प्रतिक्रान्तिले हामीलाई नष्ट पार्न सक्दैन, बरु यसको उल्टो, हामीले त्यसलाई ध्वष्त पार्ने छौँ । करोडौं जनतालाई क्रान्तिकारी आन्दोलनको वरिपरी एकत्रित पारेर र आफ्नो क्रान्तिकारी आन्दोलन (युद्ध) को प्रसार गरेर हामीले सम्पूर्ण प्रतिक्रान्तिलाई मिटाउने छौँ र सिंगो नेपाल माथि बिजय प्राप्त गर्ने छौँ र पूर्ण अधिकार जमाउने छौँ ।
क्रान्तिकारीहरु अत्यन्तै जिम्मेवार बनि विवेकपूर्ण ढङ्गले जनताको भलाईको समस्यालाई क्रान्तिकारी आन्दोलनको समस्यासित गाँसेर क्रान्तिकारी कार्य तरिकाको समस्या र आफ्नो क्रान्तिकारी अभिभारा पूरा गर्ने समस्या सबैको एकसाथ समाधान गर्न खुब ध्यान दिएर शुद्ध दिलले आफ्नो क्रान्तिकारी उतरदायित्व बहन गर्न सक्नु पर्दछ ।
खास अर्थमा यसलाई यसो भन्दा सही हुन्छ – पार्टीको वर्तमान कार्यक्रम (अभियान) को उद्देश्य भनेको नै दास मनोवृत्ति भत्काएर जडसुत्रवादी सोचलाई माटोमा गाड्नु हो, अन्धभक्ति तोड्न, हाम्रो बिचारधारात्मक स्तर उकास्न, अनुभवद्वारा सिकिएको पाठहरुलाई जाँचपरख गर्न, महान बिचारहरुलाई उठ्न दिएर र महान रुपमा फुल्न दिएर शुद्धिकरणको विधि प्रयोग गर्नु हो ।
हाम्रो राष्ट्रिय अभिभारा भनेको देश र जनताको मुक्ति र स्वतन्त्रताको निम्ति अनवरत संघर्षरत हुनुको सँगसँगै क्रान्तिकारीहरुको यो नैतिक दायित्व पनि हो । यसै दायित्वभित्र विश्व सर्वहारा वर्गका शत्रुहरु अर्थात साम्राज्यवाद, विस्तारवाद र प्रतिक्रियावादीहरु, केही गद्दारहरु साम्राज्यवाद, विस्तारवादका समर्थकहरु र ट्राटस्किपंथीहरु नेपालमा सदा राजनीतिक अस्थिरता कायम गरी सिंगो नेपाली भूमिलाई उनीहरुको स्वार्थ र चाहना अनुरुप खेलमैदानमा परिणत गरी आ–आफ्नो स्वार्थसिद्ध गर्न चाहन्छन् । हामी, न्यायप्रेमी स्वतन्त्रकामी तमाम् क्रान्तिकारी जन–समूदायलाई एकीकृत (एकगठ) गरी, ती दुष्ट कुकर्मिहरुको दुरासयपूर्ण हरकत प्रतिको, जन–आक्रोसलाई क्रान्तिकारी आँधि–वेहरीमा परिणत गरी, त्यस्ता हरामखोरहरुलाई, बहुला कुकुरलाई लखेटयाझैँ लखेटेर ढुलो चटाउँदै, अर्का भारतीय विस्तारवादका पाल्तु कुकुर (दलाल) ती नवप्रतिक्रियावादी सत्तासिनहरुको, देश र जन–विरोधी राज्यसत्ता ध्वष्ट पार्न, मालेमावादी पथ प्रदर्शणलाई आत्मासात गर्दै नेपाली भू–राजनीतिको मौलिकतामा आधारित रही सशस्त्र जनविद्रोह (नयाँ जनवादी क्रान्ति) लाई उत्सर्गमा पुर्याउनु जरुरी छ र जरुरी छ, जनताको आवश्यक्ता र आकांक्षा अनुरुप नयाँ जनवादी जनगणतन्त्रिय राज्य व्यवस्था निर्माण गरी यसै मार्फत सर्वहारा वर्गिय अधिनायकवादमा आधारित वैज्ञानिक समाजवाद हुँदै साम्यवाद तिर छलाङ मार्नु यो नै एक मात्र आजको राष्ट्रिय आवश्यक्ता र जनचाहना हो ।
२०७८/७/३
ताहाचल, काठमाडौँ
































