कार्तिक ४ काठमान्डौ ।
झापा जिल्ला दमक न.पा.–६ निवासी ने.क.पा.(क्रान्तिकारी माओवादी ) केन्द्रिय सल्लाहकार समिति सदस्य कमरेड चुडामणी बरालको यही आस्विन ३ गते दुख:द निधन भएकोछ । उहाँको उक्त दु:खद निधनप्रती ने.क.पा.(क्रान्तिकारी माओवादी ) केन्द्ीय समितिको तर्फबाट पार्टीका प्रवक्ता प्रतिकव्दारा एक प्रेस–वक्तव्य प्रकाशित गरिएको छ, जसको पूर्ण पाठ निम्नअनुसार छ :

प्रेस–वक्तव्य
हाम्रो पार्टीका केन्द्रीय समितिका सल्लाहकार कमरेड चुडामणी बरालको बी पी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा यही २०७८ कार्तिक ३ गते दुख:द निधन भयो । उहाँ घाँटीको रोगले पीडित हुनुहुन्थ्यो । उहाँका एक श्रीमति, एक छोरा, एक बुहारी, २ छोरी र नाति–नातिनाहरु हुनुहुन्छ । यस दु:खद घडीमा हाम्रो पार्टी क. चुडामणी बरालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
दमक–६ झापामा जन्मनु भएका कमरेड बराल पूर्वको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एकजना मूर्धन्य नेता हुनु हुन्थ्यो । उहाँको निधनले नेपालको कम्युनिस्ट आन्दोलन र मुख्यत: पूर्वको कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको छ ।
मिति : कार्तिक ४, २०७८
प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)

 

प्रतिक्रिया

सम्बन्धित खवर