कार्तिक ४ काठमान्डौ ।
विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी करीव १०० जनकाको मृत्यु भएको छ भने कैयौ बेपत्ता र घाइते भएका छन् ।
यो पटकको बर्षाले र त्यसबाट उत्पन्न परिस्थितिबाट किसानले धानमा ठूलो क्षति भोगेका छन् । सरकार यो पटकपनि भारी बर्षको सूचना दिन चुकेको छ । लुम्बिनीमा मात्रै ३६ हजार हेक्टरमा काटेको धान डुबानमा परेको छ
यसै सन्दर्भलाई लिएर नेपालका चार किसान संगठनले निम्नलिखित संयुक्त प्रेस बक्तब्य प्रकाशित गरेका छन् :
संयुक्त प्रेस बक्तब्य
नाफा केन्द्रित प्रकृति बिरोधी साम्राज्यबादी बिकास मोडेलका कारण उत्पन्न भएको जलवायु परिबर्तनले गर्दा बेमौसमी बर्षा, भीषण गर्मी, भयंकर आँधी र मरुभूमिकरणले आज बिश्व नै त्राहीमाम हुँदै जान थालेको छ । यस प्रकार प्रकृतिको जथाभावी निर्मम दोहनले गर्दा आज बाढी, पहिरो, डुबान, कटान र अपूर्ब रोगब्याधी आदिले नेपालमा पनि नराम्रोसँग जन धनको क्षति हुदै आएको छ ।
यसै प्ररिप्रेक्षमा अहिले बितेको ३/४ दिनदेखिको नेपालब्यापी अबिरल बेमौसमी भीषण बर्षा र त्यसले उत्पन्न गरेको बाढी, पहिरो, डुबान र कटानले गर्दा देशमा ठूलो धन जनको क्षति भएको छ । बाटो र पुल पुलेसा भत्किएर आवात जावत बन्द भएको छ । यसबाट सबैभन्दा बढी क्षति नेपाली किसानको भएको छ । वास्तवमा यो राष्ट्रकै ठूलो नोक्सानी हो ।
कोरोना महामारीले थला परेको किसान थप यस प्राकृतिक प्रकोपले यो हाम्रो देशको जीवनदायिनी शक्तिको जुन क्षति भएको छ, खाशगरी हाम्रो प्रमुख खाद्यान्न बाली धानको, त्यसप्रति हामी चार किसान संगठन अत्यन्तै चिन्तित र दु:खी छौं । बिपत्ती र क्षतिको यस घडीमा हामी राज्यले जन धनको क्षति भएका किसान परिबारको उद्धार, राहत, सुरक्षा तथा सम्पूर्ण किसान परिबारको सुनिश्चित भबिष्यका लागि युद्ध स्तरमा प्रभावकारी कदम चालोस् र किसानको सुरक्षित बर्तमान तथा सुनिश्चित भबिष्यका लागि तत्कालीन र दीर्घकालीन अग्रगामी र उन्नत नीति र कार्यक्रमको घोषणा गर्दै भूमि, कृषि र किसानका समस्या गरोस् भन्ने जोडदार माग गर्दछौं ।
यसरी मात्र खाद्य संप्रभूता, पोषणको रक्षा र बास्तवमा देशको पनि रक्षा हुन सक्तछ भन्ने कुरा हामी प्रष्ट पार्न चाहन्छौं ।साथै यस दु:खद घडीमा हामी चार किसान संगठनमा आबद्ध किसान नेता तथा कार्यकर्ताहरुलाई पनि एक जुट भएर प्राकृतिक बिपत्तिमा परेका किसानहरुलाई आ–आफ्नो ठाउबाट उद्धार, सहयोग तथा सहानुभूति जे गर्न सकिन्छ तदारुखताकासाथ गर्न पनि बिशेष आह्वान गर्दछौं ।
भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अ.ने किसान महासंघ(अप्फा) अ.ने.किसान महासंघ(क्रान्तिकारी)
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन अ. ने. प्रगतिशील किसान संघ
२०७८ कार्तिक ४































