३० असोज, बुटवल ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द बिरजंग को निधन भएको छ ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका बिरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ ।
जनयुद्ध कालमा तत्कालिन नेकपा माओवादीको पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारी निर्वाह गरेका बिरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।
केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका बिरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।
कपिलबस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ बर्षिय बिरजंगका दुई छोरा र एक श्रीमती छन् । बिरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन् ।
२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतित भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर