काठमाडौं । नेत्रविक्रम चन्द (विपल्व) नेतृत्वको नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्ड, पूर्वमन्त्रीद्धय प्रभु साह र मणिचन्द्र थापाबीच राजनीतिक छलफल भएको स्रोतले जनाएको छ ।

मणि थापा, असन्तुष्ट नेता साह र प्रकाण्डबीच पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बाताइएको छ । काठमाडौंको शान्तिनगरस्थित नेता साहको निवासमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको छ ।

८ बुँदे माग सहितको पत्र अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका साहले माग सम्बोधन नभएपछि छुटै दल गठनको आन्तरिक तयारी गरिरहेको बेला भएको यस भेटघाटलाई बिभिन्न कोणमा विश्लेषण भइरहेको छ ।

साहनिकट एक नेताका अनुसार देशको बदलिदो परिवेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । एमाले अध्यक्ष ओलीसंग असन्तुष्ट रहेका नेता साहले पछिल्लो समय कम्युनिष्ट पृष्टभुमि भएका विभिन्न नेताहरुलाई भेटघाट गर्दै एउटै मोर्चामा आबद्ध गराउन कोशिस गरिरहेका छन् ।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता समेत रहेका प्रकाण्डले नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँड र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई शनिबारै भेट गरेका छन् । उक्त भेटका क्रममा ३ बुँदे सहमति कार्यान्वयन, बन्दी रिहा र मुद्या खारेजका विषयमा गम्भीर छलफल भएको र छलफल सकारात्मक रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर