
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल प्रतीकले संसदीय व्यवस्था भनेकाे संसदवादी दलहरु मिलिजुली सत्तामा जाने बाँडीचुँडी देश र जनतालाई लुट्ने व्यवस्था भएकाे चर्चा गर्नुहुँदै यस्ताे भ्रष्ट व्यवस्था फाल्न विचार मिल्ने कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध बन्न र ध्रुवीकृत हुन अब ढिला गर्न नहुने विचार व्यक्त गर्नु भएकाे छ ।
क्रान्तिकारी माओवादी निकट जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले नजिकिदै गरेकाे दशैकाे अवसरमा आयाेजना गरेकाे राजनीतिक भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै प्रवक्ता प्रतिकले संसदवादी र संशाेधनवादीहरुले साम्राज्यवादी नवउदारवादी आर्थिक नीति अँगालेर जनतामा समाजवादकाे भ्रम बाँडिरहेकाे भन्दै संशाेधनवादी कम्युनिस्टहरुकाे भण्डाफाेर गरेर जानुपर्नेमा जाेड दिनुभयाे । कम्युनिस्टकाे नाममा एकथरिहरुले विचार र वर्गबाट विचलित भएर अर्कै धन्दा चलाइरहेकाे चर्चा गर्दै उहाँले कम्युनिस्टहरुकाे धर्म मानव धर्म हुने बताउनु भयाे । नेपालबाट संसदवाद र संशाेधनवाद पुर्ण रुपमा असफल भएकाेले अब संघीय जनगणतन्त्र अनिवार्य र अपरिहार्य बनिसकेकाेमा जाेड दिनु भयाे । साे अवसरमा उहाँले नेता कार्यकर्तालाई जनतामा जाेडिने कार्ययाेजनाहरु बनाउन पनि निर्देशन दिनुभयाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टी पिविएम तथा प्रदेश ३ का इन्चार्ज दिनेश शर्मा सागरले राष्ट्रिय स्वाधीनताकाे संघर्ष नै अहिलेकाे प्रधान संघर्ष रहेकाेले राष्ट्रिय प्रतिराेध संघर्ष उठाउन जाेड दिनुपर्ने बताउनु भयाे ।
त्यसैगरी पार्टी पिविएम सिताराम तामाङले धार्मिक, साँस्कृतिक, जातीय आदि सबै विभेद र उत्पीडनहरू वर्गसत्ताकाे उपज भएकाे भन्दै अवैज्ञानिक संस्कार, रीतिरिवाजहरु त्याग्नु पर्ने बताउनु भयाे ।
साेही कार्यक्रममा पार्टीका सल्लाहकार अध्यक्ष तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले चाडवर्वहरु माफियाहरुलाई धन कमाउने अवसर हुने तर श्रमजीवी गरिबहरुलाई दशै हाेइन दशाकाे रुपमा आउने गरेकाे भन्दै आमूल परिवर्तनका पक्षधरहरुले चाडबाडलाई शाेषण, विभेद र उत्पीडनका विरुद्ध संघर्ष वा आन्दाेलनकाे रुपमा मनाउनु पर्ने विचार व्यक्त गर्नुभयाे ।
कार्यक्रममा जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चका इन्चार्ज फुर्नाम्गेल माेक्तानले पनि मन्तव्य राख्नु भएकाे थियाे ।
सम्पर्क मञ्चका अध्यक्ष विष्णु खड्काकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन धर्म बिसीले गर्नुभएकाे थियाे भने
स्वागत मन्तव्य अर्जुन बाेगटीले गर्नुभएकाे थियाे ।
पार्टी महासचिव माेहन वैद्य किरणकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी पिविएम इन्द्रमाेहन सिग्देल, पवनमा श्रेष्ठ, सुरेश श्रेष्ठ, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, जनस्वास्थ्य संगठनकी संयाेजक इन्दिरा अधिकारी, पार्टी केसहरु गगन, साेमान, वसन्त लगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।