२८ भाद्र, ललितपुर ।
नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा पेरु कम्युनिस्ट पार्टी(साइनिङ पाथ) का अध्यक्ष डा. अविमाइल गुजमान (क. गोन्जालो)को स्मरणमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । पिबिएम क. वसन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थायी समिति सदस्य क. गौरव तथा केन्द्रीय समिति सदस्यद्वय क. निखिलेश र क. उदयले पेरुको क्रान्ति एवं विश्व कम्युनिस्ट आन्दोलनमा क. गोन्जालोका योगदानको टिप्पणी, वर्तमान एवं आगामी क्रान्तिमा यसको सान्दर्भिकता सहित श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।


सन १९८० को दशकमा क. गोन्जालोको नेतृत्वमा शुरु भएको पेरुको जनयुद्ध ९० को दशकमा रणनैतिक प्रत्याक्रमणको चरणमा पुगेको थियो । यही प्रक्रियामा सन १९९२ को सेप्टेम्बरमा राजधानी लिमाबाट प्रतिक्रियावादी फुजिमोरी सरकार र साम्राज्यवादी सेनाले षड्यन्त्रपुर्वक उहाँको गिरफ्तारी गर्दै मृत्यु पर्यन्त कालकोठरीमा बन्दी बनायो ।
यसै साता अर्थात सेप्टेम्बर ११ मा कथित सैनिक हस्पिटलमा उहाँको मृत्यु भएको थियो । साम्यवादी दार्शनिक–चिन्तक, कुशल संगठक र माओवादका कुशल प्रयोग कर्ता क. गोन्जालोको नेतृत्वमा सन १९६९ मा पेरुमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन भएको थियो । मालेमावादको विकासको ऐतिहासिक प्रक्रियामा उहाँका विशिष्ट दार्शनिक योगदानहरु रहेका छन ।
श्रद्धाञ्जली–सभाको सञ्चालन केन्द्रीय समिति सदस्य क. शारदाले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर