आँधी र तुफानसँग लड्यो
पेरूको आकाशबाट
दुनियाँमा चम्क्यो
जुध्यो वर्गदुस्मनसँग
जुध्यो फेरि जुध्यो
फरकफरक किसिमबाट
पछाडि फर्केन कहिल्यै
हतास भएर मरेन कहिल्यै
एन्डुज पर्वत शृङ्खलामा
सबभन्दा माथि
जो चम्कन सक्यो
त्यो प्रिय गोन्जालो हो
त्यो रेनोसो हो

जसले जीवनलाई
कहिल्यै ननिभ्ने
चम्किलो आगो बनायो
र साम्राज्यवादलाई
आतङ्कित बनायो
तिनका षड्यन्त्रलाई
धुजाधुजा बनायो
जलायो
त्यो आगो अर्थात्
सर्वहारा वर्गको
प्रिय आगो

वर्गशत्रुका हिंस्रक
नङ्ग्रा भाँच्ने
तिनका शोषणका साम्राज्यमा
धावा बोल्ने
मेरो प्रिय कमरेड
कहिल्यै मर्दैन
मरेको छैन
यत‌ैकतै छ
सर्वहाराका युद्धसिविरमा
अर्को युद्धको
तयारी गर्दै छ
त्याग उत्सर्गको
विचित्रको आगो बन्दैछ

कहाँ निभेको देख्यौ
तिमीले त्यो आगो
लाखौं लाख श्रमजीवीका
स्वप्नचाहबाट निर्मित
उत्सर्गबाट प्रज्ज्वलित
अविमल गुन्जमान
जो निरन्तर निरन्तर
विस्फोटित भइरहन्छ
बलिरहन्छ बलिरहन्छ

त्यो अर्थात्
संसारभरिका
उत्पीडित मानिसका
हृदयभित्र बलिरहेको
जागिरहेको गोन्जालो
कहाँ सकियो त्यो
बेइमानहरूलाई
लाग्छ त्यस्तो
मैदानबाट भाग्नेलाई
लाग्छ त्यस्तो
काँचा र धोखेबाज
दाउरा रहेछन् ती
ती बल्दा रहेनछन्
स्वाँग गर्दा रहेछन्
गोन्जालो त
इतिहासको स्पाटार्कस
अँध्यारोलाई
उज्यालो भन्दैन
युद्धबाट भागेर
वर्गशत्रुसँग
प्रेम गर्दैन
आगोको गुलाब हो
हजारौं वर्षदेखि
फुल्दै आएको छ
फुलिरहन्छ सुक्द‌ैन

प्रतिक्रिया

सम्बन्धित खवर