काठमाडौं । क्रान्तिकारी युवा लिग नेपालले संगठनका उपाध्यक्ष गंगा महताेलाई झुठा मुद्दामा फसाउन खोजेको भन्दै विराेधमा वक्तव्य जारी गरेकाे छ । संगठनका अध्यक्ष अमिर महर्जनले जारी गरेकाे वक्तव्यमा घटनाको गम्भीर छानबिन गरि घटनामा संलग्न वास्तविक दोषीको पहिचान गर्नका लागि सम्बन्धित पक्षलाई अनुरोध गरिएकाे छ । वक्तव्यमा भनिएकाे छ, ” बिना प्रमाण हाम्रो संगठनका जिम्मेवार कमरेडलाई आरोप लगाउने तथा पुलिस प्रशासनबाट आउने धम्कीपुर्ण अभिव्यक्तिको घोर भत्र्सना गर्दछौ । हाम्रो संगठन पीडित परिवारलाई पनि सत्य तथ्यको आधारमा मुद्दा दायर गर्न र क. गंगा महतोमाथि लगाइएको झुट्ठा मुद्दा फिर्ता लिनका लागि आग्रह गर्दछ ।”
वक्तव्यमा घटनाकाे बारेमा उल्लेख गर्दै भनिएकाे छ, “
यहि असार १० गते महोत्तरी, गौशाला न पा वडा नं १ मा राजलाल महतोको घरमा राति करिव १२०० बजे ८-१० जनाको समूहले चोरी डकैति गरेको जानकारी हुन आएको छ । पीडित परिवारले गौशाला प्रहरी कार्यालयमा घटनामा संलग्न कसैलाई नचिनेको भनी प्रारम्भिक बयान गरेको भएपनि घटनाको ४/५ दिनपछि हाम्राे गौरवशाली संगठन क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय उपाध्यक्ष क. गंगा महताेमाथि किटानी जाहेरी गरेको घटनाप्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ ।”
वक्तव्यमा अगाडि भनिएकाे छ, ” क.गंगा महतो, पीडित परिवारका छिमेकी भएपनि हाल धनुषामै परिवार सहित बसोवास गर्दै आउनु भएको छ । उहाँ घटना घट्दाको अवस्थामा धनुषामै हुनुहुन्थ्यो । उहाँमाथि अनाधिकृत रुपमा अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताको योजनामा राजनीतिक पूर्वाग्रह राखेर झुट्ठा आरोप लगाएर हाम्रो संगठन र पार्टीलाई बदनाम गराउने कनियत राखेको देखिन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर