फराकिलो ठुलो बाटो अग्ला अग्ला घर
पछिल्तिर सयौँ लाखौँ भोका नाङ्गा नर
शासकले फलाकेको विकासको नारा
अर्थ के हो ? बुझेको छ जनताले सारा

बहुसङ्ख्या दीनतामा अल्पसङ्ख्या धनी
सर्दरको सूत्र बोल्छ ‘सबै धनी’ भनी
निर्धो पारी कुतर्कका जञ्जालमा जेली
चुसिखान पल्किएको आनन्दले खेली

मानिसको ठुलो सङ्ख्या कङ्गालीमा झारी
धनाढ्यको महलमा झलमल्ल पारी
शोषकले फलाकेको विकासको नारा
च्यातेचुते पार्छ जब जाग्छ सर्वहारा

 

प्रतिक्रिया

सम्बन्धित खवर