
म तिम्रै सहरमा छु
ए! सहरिया भुस्याहा कुकुरहरू

भुक
तिमी भुकेनौ भने
तिम्रो मालिकको सुरक्षित अवतरण हुने छैन
फेरि यहाँ कोही रूनेछैन
तिम्रो मालिकको हारमा
तिम्रो बरबादी छ
जागा गराउ
सुनाउ
म तिम्रै सहरमा छु
ए सहरिया भुस्याहा कुकुरहरू
खुब भुक ।
तिम्रो भुक्ने काम हो
मालिकको गेटमा आउने
साधु होस् या चोर होस्
तिमीमा चिन्ने बुझ्ने ज्ञान छैन
केबल भुक्ने काम हो
खुब भुक
चोर भए पनि मालिक त मालिक हो
मालिकलाई भुक्नु हुँदैन
गद्दार भए पनि मालिक त मालिक हो
मालिकलाई गेटमा छेक्नु हुँदैन
भुक्ने त नव आगन्तुकलाई पो हो
म तिम्रै सहरमा छु
ए ! सहरिया भुस्याहा कुकुरहरू
खुब भुक ।
****
२०७८\०१\३०, तुलसीपुर