छरिएर रहेका क्रान्तिकारीहरुलाई पार्टी एकतामा आउन अध्यक्ष गजुरेलकाे आग्रह

छरिएर रहेका क्रान्तिकारीहरुलाई पार्टी एकतामा आउन अध्यक्ष गजुरेलकाे आग्रह

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) को आयोजनामा वर्तमान राजनीतिक संकट र अबको विकल्प विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ । कार्यक्रमका प्रमुख वक्ता पर्टीका स्थायी समिति सदस्य सीपी गजुरेलले देशभक्त र क्रान्तिकारीहरू अब एक हुने बेला आएकाे  बताउनु भयाे । उहाँले रणनैतिक माेर्चामा सहभागी पार्टीहरूसहित छरिएर रहेका अन्य क्रान्तिकारीहरूलाई पार्टी एकतामा आउन सबैमा आग्रह गर्नुभएकाे छ।
उक्त कार्यक्रमका प्रमुख वक्ता( क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल थिए भने अन्य वक्ताहरूमा चन्‍द नेतृत्वको नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोला, नेकपा संयोजक ऋषिराम कट्टेल तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले वर्तमान राजनीतिक संकट र अबको विकल्पका विषयमा चर्चा गर्नुभएकाे थियाे ।
संयुक्‍त रणनीतिक मोर्चामा सामेल चार दल निकटका चार विद्यार्थी संगठनको पनि अन्‍तरक्रियामा सहभागिता जनाएका थियो।
शुक्रबार सम्पन्न भर्चुअल अन्‍तरक्रिया कार्यक्रमकाे अध्यक्षता तथा सञ्चालन अखिल (क्रान्तिकारी)का अध्‍यक्ष हरिकृष्‍ण गजुरेलले गर्नु भएकाे थिए।
विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनबाट संयोजक राजेश्वरी सुवेदी, अखिल नेपाल विद्यार्थी युनियनका संयाेजक मनीष भट्टराई र उपाध्यक्ष  शिलु न्याैपाने ,महासचिव पेशल दाहाल,काेषाध्यक्ष रञ्जित शाहालगायतका विद्यार्थी नेताहरूकाे सहभागिता रहेकाे थियो ।