अब चाँडै फेरि जनक्रान्तिको उद्घोष हुनेछ : सीपी गजुरेल

अब चाँडै फेरि जनक्रान्तिको उद्घोष हुनेछ : सीपी गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थाीय समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले नेपालमा फेरि चाँडै जनक्रान्तिको उद्घोष हुने बताउनु भएको छ । जनयुद्ध दिवसको अवसरमा आयोजित युवा मार्चपास सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले जनयुद्ध प्रचण्डहरुले सूर्य चिन्हसँग बिक्री गरी खाएको आरोप लगाउनु भयो ।

संसद विघटन गरेर ओलीले जनताका विरुद्ध ठुलो अपराध गरेका चर्चा गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनगणतन्त्र र जनताका जनजीविका लागि अब मुलुकमा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको रुपमा जनयुद्ध प्रकट हुने दावी गर्नुभयो ।


संसदीय व्यवस्था सडेगलेको जनविरोधी र राष्ट्रविरोधी व्यवस्था भएकोले त्यसको विकल्पमा अब संघीय जनगणतन्त्र र लोकतान्त्रिक सरकारको विकल्पमा जनगणतान्त्रिक सरकार वा वैकल्पिक संयुक्त सरकार स्थापनाको दिशामा अब अगाडि बढ्ने सुवर्ण मौका आएको बताउनु भयो । क्रान्तिका लागि स्थिति परिपक्व बन्दै गएको विश्लेषण गर्दै अध्यक्ष गजुरेलले अब नेपालमा जनविद्रोह हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तो जनविद्रोह जनयुद्धको जगमा नेपाली विशिष्टतामा आधारित हुने पनि बताउनु भयो ।