फेरि जनताको युद्धबिना क्रान्ति सम्भव हुँदैन : रामसिंह श्रीस

प्रकाशित मिति : २०७७ फाल्गुन १

- सागर श्रेष्ठ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसले नयाँ जनवादी क्रान्तिका लागि फेरि जनताको युद्ध हुनुपर्ने बताउनु भएको छ । जनयुद्ध दिवसको अवसरमा आयोजित युवा मार्चपाससहितको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नयाँ जनवादी क्रान्तिको मुख्य लक्ष्य उद्देश्य राखेर विगतमा दशवर्षसम्म जनयुद्ध सञ्चालित भएको स्मरण गर्दै नेता श्रीसले भन्नुभयो, “जनयुद्धको उद्देश्य पूरा भएको छैन । मूल नेताहरुबाट धोका र गद्दारी भयो । अब हाम्रो पक्षमा एउटा परिस्थिति तयार हुँदै गएको छ । फेरि जनताको युद्ध बिना नयाँ जनवादी क्रान्ति सम्भव हुँदैन ।”
उहाँले पार्टीले अगाडि सारेको नयाँ जनवादी गणतन्त्रमा आधारित संघीय जनगणतन्त्र प्राप्तिका लागि सबै शोषित उत्पीडित वर्ग र समुदाय एकढिक्का भएर संघर्षमा उत्रनुको विकल्प नरहेकोमा जोड दिनु भयो ।