काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ३ नंं प्रदेशले २६  आैं जनयुद्ध  दिवसको अवसरमा युवा मार्चपासकाे आयाेजना गरेकाे छ । काठमाडौंकाे शान्तिबाटिकाबाट सुरु भएकाे र्याली पुरानाे बसपार्क, शहीदगेट, सुन्धरा, वायुसेवा निगम, न्युराेड गेट, वीरअस्पताल हुँदै‌ पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएकाे छ ।

 नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन व‌ैद्य किरणले २६ वटा मशाल बालेर र २६ वटा ताेप पड्काएर भव्य रुपमा जनयुद्ध समाराेह तथा जनसभाकाे शुुुुुुुुुभारम्भ गर्नुभयाेे ।
जनयुद्ध समाराेहलाई पार्टी महासचिव माेहन वैद्य किरण, देशभक्त जनगणतान्त्रिक माेर्चाका अध्यक्ष सीपी गजुरेल, पार्टीका  स्थायी समिति सदस्य रामसिह श्रीस, सहिद तथा वेपत्ता याेद्धा परिवार समाजका संयाेजक दिनेश शर्मा, अखिल नेपाल आदिवासी जनजाति  महासंघका अध्यक्ष डा. ओम गुरुङ, अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष  अमीर महर्जन लगायतका नेताहरुले सम्बाेधन गर्दै हुनुहुन्छ  । कार्यक्रमकाे अध्यक्षता पार्टीका पीवीएम पवनमान श्रेष्ठले गर्नुभएकाे छ भने सञ्चालन पीवीएम तथा प्रदेश सचिव प्रवेशले गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर