
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको बैठक काठमाडौंको घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा माघ ३० गते सम्पन्न भएको छ । संगठनका अध्यक्ष इन्द्र राउतको अध्यक्षता, नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसको विशेष उपस्थिति र संगठनका महासचिव रामकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक जानकारीका लागि अध्यक्ष राउत र महासचिव श्रेष्ठले संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गर्नुभएको छ ।
सम्पन्न बैठकले संगठनको नियमित सम्मेलन जेठ तेस्रो साता गर्ने निर्णय गरेको छ भने नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा संगठनका उपाध्यक्ष नारायण पंगेनीको नेतृत्वमा सहभागिता जनाउने निर्णय गरेको छ । साथै, महासंघको आगामी निर्वाचनमा सहमतीय प्रणाली अपनाउन र मूलतः वैचारिक हिसाबले महासंघलाई समावेशी हुने गरी सबै क्रियाशिल संघ संगठनहरुको प्रतिनिधित्व सुनिश्चित गराउने गरी भूमिका खेल्ने र खेल्न सबै सरोकारवाला संघ संगठनलाई आग्रह गर्ने समेत निर्णय गरेको छ ।
आम श्रमजीवी पत्रकार तथा जनपक्षीय मिडिया आन्दोलनमा देखापरेका समस्याको अध्ययन र त्यसको समाधानका लागि आवश्यक छलफल तथा संवादका लागि बैठकले संगठनका सल्लाहकार हिरामणि दुःखीको संयोजकत्वमा एउटा समिति बनाउने निर्णय गरेको छ ।

बैठकले महासंघको नयाँ सदस्य छनौट, नवीकरण, निर्वाचन समिति लगायतका विषयमा देखिएका विवादहरुको तत्काल समाधान गर्न र विचार आस्थाको आधारमा विभेद तथा निषेध नगर्न पनि पत्रकार महासंघको सबै तहका नेतृत्वलाई आग्रह गरेको छ ।
वक्तव्यमा बैठकले श्रमजीवी ऐन कार्यान्वयन, साना तथा स्वरोजगार मिडियाको सम्बद्र्धन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयक तथा कानुनहरुको खारेजी लगायतका विषयलाई लिएर एकल वा संयुक्त संघर्ष सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।
बैठकले पौष ५ को प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमलाई प्रतिगामी फासिवादी कदम भएको ठहर गर्दै त्यो समग्र संसदीय व्यवस्था, सत्ता र संविधानको असफसमाधान संसदको पुनस्र्थापना तथा मध्यावधि निर्वाचन जस्ता यथास्थितिवादी विकल्पबाट नहुने र वास्तविक समाधानका लागि संघीय जनगणतन्त्र तथा वैज्ञानिक समाजवादको विकल्प नै सही, वस्तुवादी र क्रान्तिकारी भएको ठहर गरेको छ ।
बैठकले संगठनको सम्मेलनमा विमोचन गर्ने गरी संगठनको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ भने महान सहिद कृष्णसेन इच्छुक र संगठनका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईंको नाममा स्मृति पुरस्कार कोष खडा गर्ने निर्णय गरेको छ ।
बैठकले २६ औं जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकारहरुमा हार्दिक शुभकामना व्यक्त समेत गरिएको छ ।
यस्तो छ वक्तव्यको पूर्णपाठ
१– बैठकको प्रारम्भमा महान सहिद कृष्णसेन इच्छुक लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति मुठ्ठि उठाई हार्दिक श्रद्धाञ्जली अर्पण गरियो ।
२– बैठकमा पदाधिकारी, प्रदेश संयोजक तथा केन्द्रीय सदस्यहरुले कार्यक्षेत्रको संक्षिप्त रिपोर्ट राख्नुभयो । रिपोर्टको संश्लेषण संगठनका अध्यक्षले गर्नुभयो । विशेष अतिथिले समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण विचार राख्नुभयो ।
३– बैठकले जेठको अन्तिम तेस्रो साता संगठनको नियमित राष्ट्रिय सम्मेलन निर्णय गरेको छ । सम्मेलनलाई लक्षित गरी सांगठानिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सोका लागि आवश्यक पर्ने विभिन्न उपसमितिहरुको समेत निर्माण गर्ने निर्णय गरेको छ ।
४– बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा संगठनका उपाध्यक्ष नारायण पंगेनीको नेतृत्वमा सहभागिता जनाउने निर्णय गरेको छ । साथै, महासंघको आगामी निर्वाचनमा सहमतीय प्रणाली अपनाउन र मूलतः वैचारिक हिसाबले महासंघलाई समावेशी हुने गरी सबै क्रियाशिल संघ संगठनहरुको प्रतिनिधित्व सुनिश्चित गराउने गरी भूमिका खेल्ने र खेल्न सबै सरोकारवाला संघ संगठनलाई आग्रह गर्ने समेत निर्णय गरेको छ ।
५– आम श्रमजीवी पत्रकार तथा जनपक्षीय मिडिया आन्दोलनमा देखापरेका समस्याको अध्ययन र त्यसको समाधानका लागि आवश्यक छलफल तथा संवादका लागि बैठकले संगठनका सल्लाहकार हिरामणि दुःखीको संयोजकत्वमा एउटा समिति बनाउने निर्णय गरेको छ ।
६– बैठकले महासंघको नयाँ सदस्य छनौट, नवीकरण, निर्वाचन समिति लगायतका विषयमा देखिएका विवादहरुको तत्काल समाधान गर्न र विचार आस्थाको आधारमा विभेद तथा निषेध नगर्न पनि पत्रकार महासंघको सबै तहका नेतृत्वलाई आग्रह गरेको छ ।
७– बैठकले श्रमजीवी ऐन कार्यान्वयन, साना तथा स्वरोजगार मिडियाको सम्बद्र्धन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयक तथा कानुनहरुको खारेजी लगायतका विषयलाई लिएर एकल वा संयुक्त संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ ।
८– बैठकले पौष ५ को प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमलाई प्रतिगामी फासिवादी कदम भएको ठहर गर्दै त्यो समग्र संसदीय व्यवस्था, सत्ता र संविधानको असफसमाधान संसदको पुनस्र्थापना तथा मध्यावधि निर्वाचन जस्ता यथास्थितिवादी विकल्पबाट नहुने र वास्तविक समाधानका लागि संघीय जनगणतन्त्र तथा वैज्ञानिक समाजवादको विकल्प नै सही, वस्तुवादी र क्रान्तिकारी भएको ठहर गरेको छ ।
९. बैठकले संगठनको सम्मेलनमा विमोचन गर्ने गरी संगठनको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ ।
१०– महान सहिद कृष्णसेन इच्छुक र संगठनका काठमाडौं जिल्लाका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार रामचन्द्र हुमागाईंको नाममा स्मृति पुरस्कार कोष खडा गर्ने बैठकले निर्णय गरेको छ ।
११. बैठकले लिएका निर्णयहरु आ–आफ्नो कार्यक्षेत्रमा पूर्णक्षमताका साथ प्रभावकारी कार्यान्वयनका लागि खट्न निर्देशन दिंदै र २६ औं जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी पत्रकारहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै बैठकका अध्यक्षले बैठकको समापन गर्नुभयो ।
१ फागुन २०७७





























