
फाल्गुन १ जाजरकोट
छब्बीसौं महान जनयुद्ध दिवसको अवसरमा जाजरकोट जिल्लाको ठाँटीबजारमा सुभकामना आदानप्रदान तथा कार्टुन प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संचालन नेकपा(क्रान्तिकारी माओवादी) का जिल्ला सचिव राजनले गरेका थिए । कार्यक्रमको अध्यक्षता देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका जाजरकोट जिल्ला अध्यक्ष सिद्धि बहादुर पुन‘सुमन’ले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि देजमोका कर्णाली प्रदेश अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य दिपक बहादुर शाही ‘प्रकाशउर्जा’ले गरेका हुन् भने अखिल क्रान्तिकारीका अध्यक्ष दिपक खड्का लगाएत विभिन्न जवसका प्रतिनिसधहरुको आतिथ्यता रहेको उक्त कार्यक्रममा नागरीक समाज, उद्योगी, व्यापारी, बुद्धिजीवी, शिक्षक, कर्मचारी लगाएत विभिन्न राजनीतिक क्षेत्रका महिला पुरुषहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन २६ वटा क्याण्डेल बालेर प्रमुख अथितिद्धारा गरिएको हो ।

प्रमुख अतिथि दिपक बहादुर शाही‘प्रकाशउर्जा’ले उपस्थित सम्पुर्णलाई छब्बीसौं महान जनयुद्ध दिवसको शुभकामना दिदै देश सरकार विहिन र प्रतिपक्ष विहिन रहेको र अवको बैकल्पीक सरकार देशभक्त र कम्युनिस्ट क्रान्तिकारीहरुको सरकार नै हुने कुरा ठोकुवा गरेका छन् । अमेरीकाले आफुलाई सम्पन्न भन्छ त्यो सम्बृद्धि पहिलो र दोश्रो विश्वयुद्धबाट लुटेको सुनचाँदी हिरामोती र मल्टी नेशनल कम्पनीको अतिरिक्त रकम बाहेक अरु कुनै सम्बृद्धिको आधार तयार नगरेको उल्लेख गर्दै पुँजीवादी लोकतान्त्रीक संसदीय व्यवस्था भएका देशहरु असफल भएको बताए । देशमा भईरहेको अन्याय अत्याचार, भ्रष्टाचार, बलात्कार, हत्या आदि अन्त्य गर्न राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका लागि वर्गसंघर्ष, जनसंघर्ष र प्रतिरोध संघर्षको आँदिवेहरी सृजना गर्दै निरन्तर संघर्षको बाटोमा नेकपा(क्रान्तिकारी माओवादी) अगाडी बढेको कुरा स्पष्ट पारे ।

उक्त कार्यक्रममा लामो समय सम्मको कम्युनिस्ट आन्दोलनबाट हाल सम्म पनि विद्यार्थी हक, हित र अधिकार स्थापित गर्न नसकिएको कुरा स्पष्ट पार्दै अखिल क्रान्तिकारीका अध्यक्ष दिपक खड्काले स्वागत मन्तब्य दिएका हुन । कार्यक्रममा वामपन्थी नेता नरबहादुर गिरी ‘निशान’ले गंगालाल देखि आज सम्मको कम्युनिस्ट आन्दोलनबाट निर्दिष्ट आम्सीक वाहेक खास उल्लेख्य उपलब्धी लिन नसकिएको कुरा बताए । क्रान्तिकारी पत्रकार दिपबहादुर घर्तिले उक्त कार्यक्रममा शुभकामना दिदै जाजरकोट जिल्लामा मात्र ३६५ जना सहिद र १२ जना विपत्ताको सुचिमा रहेको कुरा ब्यक्त गरेका हुन । सोहि क्रममा योद्धाहरुको बलिदानले केहि उपलब्धीहरु भएका र केहि उपलब्धी लिनका लागि अझै प्रतिवद्ध भएर नयाँ जनवादी क्रान्तिमा लाम बद्ध हुनुपर्ने कुरा बताए ।
कार्यक्रममा देशभक्तहरुको जनगणतान्त्रीक सरकार नै आजको वैकल्पीक सरकार हुने कुरा बताउँदै उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद तथा शुभकामना दिर्दै कार्यक्रमका अध्यक्ष सुमनले कार्यक्रम समापन भएको घोषणा गरेका थिए् ।






























