माघ १६ फिक्कल सिन्धुली ।
नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला पार्टी सदस्य एवं फिक्कल गाउँ पालिका
सेक्रेटरी भेषबहादुर कार्कीको ममतामयी आमा बाल कुमारी कार्कीको २०७७ भाद्र १० गते विरामी परी काठमान्डौ अस्पत्तालमा असमायिक निधन भएकाले उहाँ प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न सिन्धुली जिल्लाको फिक्कल गाउँ पालिकाको खाङ्खमाङ्खमा जिल्ला पार्टी सेक्रेटरी सुवर्णको अध्यक्षतामा फिक्कल इलाका पार्टी इन्चार्ज लोकेन्द्र कार्कीको सञ्चालनमा एक श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । उक्त श्रद्धान्जली कार्यक्रममा पार्टी सिसिएम तथा जिल्ला इन्जार्च जीवनले उहाँको फोटोमा माल्यार्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो सम्वेदना प्रकट गर्दै मृतक बाल कुमारी कार्कीले जनयुद्धकालमा माओवादी जनयोद्धाहरुलाई सेल्टर दिई आफ्नो छोरा हालका जिल्ला पार्टी सदस्य एवं फिक्कल इलाका सेक्रेटरी भेषबहादुर काकीलाई पार्टीमा लाग्न प्रेरणा दिनु भएकोले उहाँको मृत्यु कैयौ पहाडभन्दा पनि वोजनदार भएको छ भन्नु भयो । साथै भेषबहादुर काकीले पुरानो संस्कार तोडी नयाँ क्रान्तिकारी संस्कारको नमूना शुरु गर्नु भएकाले उहाँलाई धन्यवाद पनि दिनु भयो ।
भेषबहादुर काकीले आफू माक्र्सवाद–लेनिनवाद–माओवाद प्रति विश्वस्त भै आफ्नो आमाको अन्तिम संस्कार काजकिरिया वैज्ञानिक ढंगले गर्न आँट गरेको छु भन्दै भावविह्ल बाट संयमित हुँदै आफना कुरा राख्न्ु भएको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर