माघ १३ गते बुटवल ।
अखिल नेपाल अदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश समितिको बैठक प्रदेश महासंघका संयोजक दल बहादुर छन्त्याल्को अध्यक्षता र महासंघका सदस्य लीला श्रेष्ठको सन्चालनमा यही माघ १३ गते बुटवलमा सम्पन्न भयो । देश र जनताका लागि शहादत प्राप्त गर्ने ज्ञात तथा अज्ञात शहीदहरु प्रती एक मिनट मौनधारण गरी सुरु भएको बैठको अवशरमा अखिल नेपाल अदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष प्रा डा ओम गुरुङ्ले गत पुष २६ गते काठमाडौंमा सम्पन्न अखिल नेपाल अदिवासी जनजाती महासंघ केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु जानकारी गराउनुका साथै नेपालको पछील्लो राजनीतिक घट्नाप्रती अखिल नेपाल अदिवासी जनजाती महासंघको दृष्टिकोणबारे लुम्बिनी प्रदेश महासंघका पदाधिकारी तथा प्रदेश सदस्यहरुलाई प्रशिक्षण दिनु भयो । उक्त अवसरमा नेकपा (क्रान्तिकारी मओवादी) लुम्बिनी प्रदेश इन्चार्ज क प्रेम शर्माले नेपालको बर्तमान राजनीतिक परीघट्ना प्रती नेकपा (क्रान्तिकारी मओवादी) पार्टीले अख्तियार गरेको नीती तथा कार्यक्रम बारे प्रशिक्षण दिनु भयो ।
प्रशिक्षणपछी लुम्बिनी प्रदेश महासंघको बैठकले संगठन र संघर्षबारे निम्न महत्वपूर्ण निर्णयहरु गरेको छ –
१. प्रदेश महासंघको तदर्थ समितिमा रिक्त रहेको प्रदेश सदस्यहरुको स्थानमा अर्जुन तरामु मगर र थम बहादुर छन्त्याललाई मनोनित गर्ने निर्णय भयो ।.
२. फागुन महिनासम्ममा प्रदेश महासंघको जातीय मोर्चाहरु गठन गर्ने निर्णय भयो, जस अनुसार मगर रास्ट्रिय मुक्ती मोर्चा गठनका लागि अर्जुन तरामु मगर संयोजक र पदम थापा तथा गोबिन्द साघरे सदस्य रहेको तयारी राष्ट्रिय मुक्ती मोर्चा गठन समिती, थारु राष्ट्रिय मुक्ती मोर्चा गठनका लागि रामजी थारु संयोजक, दुर्गा चौधरी र विश्वम्बर थारु सदस्य रहेको थारु मुक्ती मोर्चा गठन समिती, गुरुङ मुक्ती मोर्चा गठनका लागि दर्शन गुरुङ संयोजक र बिजय गुरुङ तथा खेम गुरुङ सदस्य रहेको गुरुङ मुक्ती मोर्चा गठन समिती तथा छन्त्याल राष्ट्रिय मुक्ती मोर्चा गठनका लागि दल बहादुर छन्त्याल संयोजक, थम बहादुर छन्त्याल तथा चन्द्र बहादुर छन्त्याल सदस्य रहेको छन्त्याल मुक्ती मोर्चा गठन समिती गठन गर्ने निर्णय गरियो ।
३. रुपन्देही जिल्लाको जनजाती महासंघको जिल्ला भेला माघ २८ गते बुटवलमा गर्ने निर्णय गरियो ।
४. नेकपा (क्रान्तिकारी मओवादी) सम्बद्ध बिभिन्न अदिवासी जनजाती बाहुल्य भएको बाँके, बर्दिया, दाङ, कपिलवस्तु,नवलपरासी, पाल्पा, प्युठान जिल्लाहरुमा जिल्ला महासंघ गठन गर्ने र गुल्मी तथा अर्घाखाँचीमा तत्काललाई एकल जातिय संगठन भएपनी गठन गर्ने निर्णय गरियो ।
५. अखिल नेपाल अदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेशको आयोजनामा माघ २८ गते अहिलेको सरकार प्रमुख केपि ओलिको असंबैधानिक कदमको बिरुद्द बिरोध प्रदर्शन गर्ने निर्णय गरियो ।

प्रतिक्रिया

सम्बन्धित खवर